कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिस्टुला अस्पताल

सुर्खेत — वीरेन्द्रनगरमा १७ शय्याको फिस्टुला अस्पताल सञ्चालनमा आएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल हाताभित्र करिब ६ करोड लागतमा निर्माण भएको फिस्टुला केन्द्रको शुक्रबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले उद्घाटन गरे ।

फिस्टुला अस्पताल

उपचार केन्द्र सञ्चालनमा आएसँगै कर्णाली प्रदेशका साथै सुर्खेतसँग सीमा जोडिएका ७ नम्बर प्रदेशका अछाम, कैलालीलगायत जिल्लाका फिस्टुला र गाइनोपीडित बिरामीले उपचार पाउने अपेक्षा गरिएको छ । हालसम्म फिस्टुला उपचार सेवा अस्पताल धरान र काठमाडौंमा मात्रै उपलब्ध थियो । बच्चा जन्माउँदा लामो प्रशव बेथाका कारणले महिलाको पिसाबथैली र यौनिमार्गमा प्वाल परी पिसाब चुहिने समस्यालाई फिस्टुला भनिन्छ । योनिबाट निरन्तर पिसाब वा दिसापिसाब दुवै चुहिने समस्या फिस्टुला प्वालमा हुन्छ । चिकित्सकका अनुसार बेथा लामो हुँदा बच्चाको टाउकाले योनिमार्ग थिचिएर रक्तसञ्चार बन्द भई उक्त भागमा रहेको नरम मासुमा असर परेपछि प्वाल पर्छ । त्यस्तो प्वाल पिसाबथैली र योनिमार्गको बीचमा परेमा योनिमार्गबाट निरन्तर पिसाब चुहिने समस्या हुने गर्छ ।

फिस्टुला केन्द्रले नि:शुल्क उपचारका साथै बिरामी र कुरुवालाई यातायात खर्चसमेत उपलब्ध गराउनेछ । रोग लुकाउने प्रवृत्तिका कारण यस क्षेत्रमा फिस्टुलाका बिरामी कति छन् भन्ने यकिन तथ्यांक भने छैन । केन्द्रका इन्चार्ज कृपा चौधरीले सुर्खेतमा १० वर्षयता वर्षको एक पटक शिविर सञ्चालन गर्दै आएको बताइन् । यस अवधिमा दुई सय ५० जनाले शिविरमार्फत लाभ लिए । आईएनएफले बर्सेनि फिस्टुला उपचारसम्बन्धी शिविर सञ्चालन गर्दै आए पनि नियमित उपचारका लागि भने बिरामीले काठमाडौं धाउनपुर्ने बाध्यता थियो । ‘अब आफ्नै भवनबाट दैनिक रूपमा विशेषज्ञ सेवा दिइनेछ,’ इन्चार्ज चौधरीले भनिन्, ‘फिस्टुलाको उपचार नि:शुल्क हुने हुँदा गरिब/असहायलाई झनै सहयोग पुग्नेछ ।’ फिस्टुला उपचारमार्फत निको हुने समस्या हो ।

क्षेत्रीय अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा.डम्बर खड्काले फिस्टुला केन्द्र स्थापनाले कर्णालीको जनस्वास्थ्य क्षेत्रमा ठूलो मुद्दत पुग्ने बताए । ‘फिस्टुलापीडित महिला दोहोरो तेहरो पीडा भोग्न बाध्य हुन्छन्,’ उनले भने, ‘यसले मातृशिशु मृत्युदर घटाउन निकै मद्दत पुग्नेछ ।’ सामाजिक विकासमन्त्री दल रावलले पश्चिम नेपालमै फिस्टुला अस्पताल सुर्खेतमा स्थापना हुनु कर्णाली प्रदेशका लागि गौरवको विषय भएको बताए । भविष्यमा केन्द्र सञ्चालनमा आउने समस्यालाई तत्काल समाधान गर्न प्रदेश सरकार सदैव तयार हुने प्रतिबद्धता व्यक्त गरे । बीएमजी टेराटेक जर्मनी र आईएनएफ युकेको आर्थिक सहयोगमा फिस्टुला केन्द्र निर्माण गरिएको हो ।

प्रकाशित : आश्विन ६, २०७५ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?