१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

२१ तोला सुनसहित व्यवसायी पक्राउ

सुर्खेत — २१ तोला सुनसहित नेपालगञ्जका एक व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष ब्यूरोले नेपालगञ्ज उपमहानगरपालिका–१४ सुनारमण्डीस्थित नयाँ राज ज्वेलर्सका सञ्चालक सहबुद्दिन जसगढलाई शनिबार सुब्बाकुनाबाट पक्राउ गरेको हो ।

२१ तोला सुनसहित व्यवसायी पक्राउ

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी श्यामसिंह चौधरीका अनुसार जसगढ भे ५ प १८ नम्बरको मोटरसाइकलमा सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । ‘विशेष सूचना पाएपछि प्रहरीले चेकजाँच गर्न खोज्दा भागेका थिए,’ डिएसपी चौधरीले भने, ‘सुब्बाकुनाको चेक प्वाइन्ट भन्दा तीनसय मिटर पर भागिसकेका जसगढलाई प्रहरीले पिछा गरेर पक्राउ गर्‍यो ।’


प्रहरीले उनको साथबाट विभिन्न सुनका गरगहना, अन्दाजी २१ तोला सुन र ७९ ग्राम पत्थर समेत बरामद गरेको छ । उक्त सुनको बजार मुल्य १२ लाख बराबर छ । जसगढलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरलाई बुझाएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ६, २०७५ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?