कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बलात्कार आरोपमा युवक पक्राउ 

हरि गौतम

रुकुम पश्चिम — महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पुथाउत्तरगंगा गाउँपालिका–५ हुकाम रुकुमपूर्वका ३० वर्षीय सविन भनिने सुविन्द्र घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

बलात्कार आरोपमा युवक पक्राउ 

बाँफिकोट गाउँपालिका घर भइ मुसीकोट नगरपालिका–१ मा डेरा गरी बस्ने ३० वर्षीया एक महिलालाई बलात्कार गरेको अभियोगमा घर्ती पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

गत सोमबार राति १२ बजे जबरजस्ती करणी गरेका घर्ती मंगलबार बिहान साढे १ बजे पक्राउ परेका थिए । घरमा बलेका सबै बत्ति निभाएर चुकुल खोलेर घर्ती महिलाको कोठामा प्रवेश गरेको प्रहरीले बताएको छ । जबरजस्ती करणी गरेको सूचना पाए लगत्तै परिचालन भएको प्रहरीले घर्तीलाई पक्रेको थियो । घर्तीको साथबाट पीडित महिलाको एउटा मोबाइल सेट र नगद १६ हजारसमेत बरामद गरिएको डिएसपी खड्काले बताए ।

प्रहरीले घर्तीलाई बिहीबार बिहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । पीडित महिलाले आफूमाथि जबरजस्ती करणी गरेको तथा २० हजार नगद चोरेको उजुरी दिएकी छिन् । घर्तीविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन २५, २०७५ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?