घाँटी रेटेर महिलाको हत्या 

बिप्लब महर्जन

सल्यान — शारदा नगरपालिका–८ मार्केको सिमखर्कमा अज्ञात ब्यक्तिले ५५ वर्षीया केवली सुनारको बिहीबार राति धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको छ ।

घाँटी रेटेर महिलाको हत्या 

लामो समय देखि छोराहरुसँग भारतमा बस्दै आएकी उनी चार दिन अघि मात्र घर आएकी थिइन् ।

हत्यारा पत्ता लगाउन घटनास्थलमा कोहलपुरबाट ल्याएको कुकुर प्रयोग गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

धारिलो हतियार सुनारको घाँटीमै भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकृत प्रहरी निरीक्षक गिरीराज भण्डारीले बताए ।

प्रकाशित : आश्विन २६, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?