कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्दिरहरुमा नयाँ लिंगो

कान्तिपुर संवाददाता

डोल्पा — नेपालकै प्रमुख शक्तिपीठ मानिने बाला त्रिपुरासुन्दरीलगायत विभिन्न देवी मन्दिरहरुमा लिंगो फेर्नुका साथै महालक्ष्मीको विशेष पूजाआजा गरिएको छ ।

मन्दिरहरुमा नयाँ लिंगो

महाअष्ठमीका नामले परिचित बिजया दसैंको बुधवार प्रमुख शक्तिपीठ बाला त्रिपुरासुन्दरी देवीको मन्दिर त्रिपुराकोटमा लिंगो फेरेर नयाँ ध्वजा हालिएको छ । साथै जिल्लाका विभिन्न देवी मन्दिरहरुमा पुराना लिंगो निकालेर ध्वजा (आलिम) सहित नयाँ लिंगो खडा गरिएको त्रिपुराकोटबाट बाला त्रिपुरासुन्दरी देवी मन्दिर पूजा व्यवस्थापन समितिसंयोजक तुलबहादुर विष्टले जानकारी दिए । उनका अनुसार बाला त्रिपुरासुन्दरी देवीको मन्दिर त्रिपुराकोटमा महाअष्टमीको दिन बुधबार भगवती, चण्डिका, कालिका र विक्रम शाही महाराजको लिंगो फेरिएको हो ।


बुधबारै डोल्पाको सदरमुकाम दुनैमा रहेको कालिका मन्दिर, सर्मी माई, बाला त्रिपुरासुन्दरी, कालिका मन्दिर दुनैमा पनि लिंगो फेरिएको छ । केही मन्दिरमा लिंगो फेर्न नेपाली सेनाको एक टुकुडीले स्थानीयहरुलाई सहयोग गरेको थियो ।

प्रकाशित : आश्विन ३१, २०७५ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?