कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जबरजस्ती गर्न खोज्ने पक्राउ

हरि गौतम

रुकुम पश्चिम — करणीको आरोपमा एक किशोर पक्राउ परेका छन् । चौरजाहरी नगरपालिका ५ का २० वर्षीय समिर केसीलाई प्रहरीले पक्राउ गरेको हो । 

जबरजस्ती गर्न खोज्ने पक्राउ

गत असोज २८ गते साँझ गाउँकै एक १४ वर्षीया बालिकालाई जबरजस्ती गर्न खोजेको आरोपमा समिर पक्राउ परेका हुन् । सोही घटनामा संलग्न भनिएका चारजाहरीकै १९ वर्षीय तिलक केसी भने फरार छन् । नाचगान भइरहेको ठाउँबाट शौचालय गएकी ती बालिकालाई शौचालयबाट फर्कने क्रममा जबरजस्ती गर्न खोज्दा गाउँलेले देखेका थिए ।


जबरजस्ती गर्न प्रयास गरेको उजुरीको आधारमा समिर पक्राउ परेको र तिलक फरार रहेको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।

प्रकाशित : कार्तिक ३, २०७५ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?