कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

मिर्गौला पीडितलाई बेलायतबाट पौने ५ लाख सहयोग

कलेन्द्र सेजुवाल

सुर्खेत — मिर्गौला पीडित एक व्यक्तिको लागि बेलायतमा बस्ने सुर्खेतीले चार लाख ७५ हजार रुपैयाँ संकलन गरेका छन् ।

मिर्गौला पीडितलाई बेलायतबाट पौने ५ लाख सहयोग

दुईवटै मिर्गौला फेल भएका वीरेन्द्रनगर-५ चिसापानी निवासी ३१ वर्षीय दलबहादुर रानामगरको लागि बेलायतमा बस्ने एक सय १७ जना नेपालीले उक्त रकम संकलन गरी पठाएका हुन् ।


लण्डनमा बस्ने दिलबहादुर जिसी, खगिसरा थापा र टोपबहादुर थापाको पहलमा संकलित रकम जिसीले सोमबार उनको घरमै पुगेर हस्तान्तरण गरे ।


‘चिनेजानेको युवा अप्ठेरोमा परेको थाहा पाएपछि हामीले आर्थिक संकलन अभियान गरेका हौं,’ जिसीले भने,‘हामी जहाँ बसे पनि मन त नेपाली नै हो, सहयोग गर्न पाउँदा खुसी छौं ।’


सुर्खेतका साथै दैलेखलगायत क्षेत्रका बेलायतमा बस्ने नेपालीले रानामगरको लागि सहयोग गरेका उनले बताए ।


सशस्त्र प्रहरी जवानमा कार्यरत रानामगरको गत वैशाखमा दुईवटै मिर्गौला फेल भएको थाहा भएको थियो । ५६ वर्षीया आमा पबित्रा रानामगर छोराको लागि एउटा मिर्गौला दिन तयार भए पनि आर्थिक अभावमा प्रत्यारोपण प्रक्रिया सुरु हुन सकेको छैन ।


‘अहिलेसम्म विभाग (सशस्त्र प्रहरी बल)बाट सहयोग पाइएको छैन,’उनले भने,‘देश/विदेशमा रहनु भएका सहयोगीले भने मलाई बचाउन रकम जुटाइरहनु भएको छ ।’


उनको लागि सुर्खेतमा बस्ने स्थानीयले पनि सहयोग संकलन अभियान थालेका छन् । अभियानकर्ता लक्ष्मण मस्र्याङीले हालसम्म ६ लाख ९० हजार रुपैयाँ संकलन भएको जानकारी दिए ।

प्रकाशित : कार्तिक ५, २०७५ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?