जागिरभन्दा कृषिमा रमाउँदै

करिश्मा चौधरी

वीरेन्द्रनगर — वीरेन्द्रनगर–१०, रहरपुरकी इन्दु शाही पेसाले शिक्षिका हुन्  । नयाँघुस्रा बालविकास केन्द्रमा पढाउने शाहीले आठ वर्षदेखि व्यावसायिक तरकारी खेतीलाई निरन्तरता दिइरहेकी छन्  ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० रहरपुरमा तरकारी खेती गर्दै आएकी इन्दु शाही आफ्नो तरकारी बारीमा । तस्बिर : करिश्मा/कान्तिपुर

उनले तरकारी खेतीबाट सिजनमा ४० हजारसम्म आम्दानी गरिरहेकी छन् । जागिरभन्दा कृषिले आफूलाई सन्तुष्टि दिएको शाहीको भनाइ छ । ‘मन लागे पनि नलागे पनि जागिरमा जानैपर्‍यो, कृषि मनको काम हो,’ उनले भनिन्, ‘आफ्नो मर्जीले काम गर्न पाइन्छ, सन्तुष्टि पनि छ र पैसा पनि ।’

अहिले शाहीको बारीमा टमाटर र करेला फलेका छन् । तरकारी लगाउने सिजन सुरु भयो । बारीको एक छेउमा काउली, बन्दाकोपी, ब्रोकाउलीका बेर्ना तयार भइसकेका छन् । आलुको बीउ पनि तयार छ । एक हप्तामा धान काटेर तिहारअघि नै तरकारी लगाइसक्ने योजना उनको छ । हिउँदमा आलु, काउली, मुला, बन्दाकोपी, सागलगायत तरकारी बारीभरि हुन्छ ।

गर्मीमा बोडी, काँक्रा, करेला, लौका, फर्सी, भिन्डी, सागलगायत तरकारी लगाउँछिन् । व्यावसाय गरे थोरै भए पनि रकमको अभाव नहुने शाहीको अनुभव छ । ‘बारीमा थोरै भए पनि तरकारी कहिल्यै खाली हुँदैन । अफ सिजनमा पनि दिनमा एक/डेढ सय रुपैयाँको बिक्री भइहाल्छ,’ उनी भन्छिन्, ‘तरकारी धेरै हुने सिजनभरि ४० हजारसम्मको तरकारी बेच्छु ।’

साबिक जिल्ला कृषि विकास कार्यालयले आठ वर्षअघि टोलमा कृषक समूह गठन गरेर तालिम दिएपछि कृषिमा लागेको शाहीको भनाइ छ । ‘त्यसअघि आफूले खाने तरकारीसमेत किन्नुपर्‍थ्यो,’ उनले भनिन्, ‘काम गर्नको सुख थियो, तरकारी खानको दु:ख ।’ उनका अनुसार त्यसबेला समय धेरै खाली हुन्थ्यो । समय बिताउन गाह्रो पथ्र्यो अचेल समय पुग्दैन । बिहान घरको काम सकेर शाही बारीको काममा लागिहाल्छिन् । खाना खाएर पढाउन जान्छिन् । बिदाको दिन अनि फुर्सदको समय बारीमै हुन्छिन् । ‘मेहनत धेरै गर्नुपर्छ,’ शाही भन्छिन्, ‘खेतीमा एउटा नभए अर्को हुन्छ, मेहनत गर्न छोड्नुहुँदैन ।’

बजार नजिकै भएकाले तरकारी बिक्रीमा समस्या छैन । खाली बस्नुभन्दा तरकारी खेती गर्न शाहीले अरूलाई सुझाउने गरेकी छन् । मेहनत गर्न सके तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सकिने उनले बताइन् । बारीभरि आफ्नो मेहनतले उब्जाएको तरकारी देख्दा उनलाई निकै आनन्द लाग्छ ।

Citizen

उनी वर्षमा तीन सिजनमा तरकारी लगाउँछिन् । चिसो र गर्मी सिजनमा बारीभरि तरकारी हुन्छ । वर्षामा केही कम हुने उनको भनाइ । इन्दुसँग तरकारी खेती गर्न पाँच कठ्ठा जमिन छ । ‘बारीभरि तरकारी लगाउँदा अझै धेरै तरकारी लगाउँ जस्तो लाग्छ,’ शाहीले हाँस्दै भनिन् ।

प्रकाशित : कार्तिक १८, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्

जथाभावी भण्डारण

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — नदीजन्य पदार्थ लामो समयसम्म स्टक राख्न मिल्दैन  । राख्नै परे पनि वातावरणीय प्रभाव मूल्यांकन र प्रमाणित गरेर मात्रै स्टक राख्ने व्यवस्था छ  । त्यो पनि निश्चित क्षेत्रमा । तर यहाँको एक सडक नदीजन्य पदार्थले भरिएको छ ।

रुकुम पश्चिम सानीभेरी गाउँपालिकामा पर्ने मध्यपहाडी लोकमार्गको दायाँबायाँ राखिएको ढुंगा, गिट्टी । तस्बिर : हरि गौतम/कान्तिपुर

मध्यपहाडी लोकमार्गअन्तर्गत मुग्लुखोलादेखि जहारीखोलासम्म झन्डै २० देखि २५ किलोमिटर सडक वरिपरि ढुंगा र गिट्टीको स्टक छ । सडकका दायाँबायाँ कानुनविपरीत राखिएको ढुंगा, गिट्टीले वातावरणीय असर त गरेको छ नै, उक्त सडकमा गुड्ने सवारीसाधन तथा पैदल यात्रुलाई समेत असर परेको छ।

प्रकाशित : कार्तिक १८, २०७५ १०:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्