कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

छायानाथ–रारामा मदिरा निषेध

कान्तिपुर संवाददाता

मुगु — छायानाथ रारा नगरपालिकालाई मधिरा निषेध घोषणा गर्ने तयारी गरिएको छ । यसका लागि नगर प्रमुख हरिजंग शाहीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

छायानाथ–रारामा मदिरा निषेध

नगर प्रमुख शाहीले मंसिर १ गतेदेखि मदिरा निषेध गरिने बताए । उक्त दिन कर्णाली प्रदेश प्रमुख महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यतामा मदिरा निषेध कार्यक्रम घोषणा गरिनेछ ।


घोषणा अभियानलाई सफल बनाउन सबै वडाध्यक्ष संयोजक रहने गरी १६ वटा उपसमिति गठन गरिएको शाहीले बताए । नेपाल सरकारको नीतिअनुसार नगरलाई मदिरा निषेध घोषणा गर्न लागिएको नगर प्रमुख शाहीको भनाइ छ ।


शनिबार प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षतामा सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, वडाध्यक्षहरू सम्मिलित छलफल कार्यक्रम आयोजना गरियो ।


हाल नगर क्षेत्रमा २६ व्यवसायीले लाइसेन्स लिई मदिरा बेचबिखन गर्दै आएका छन् । अब ती सबै लाइसेन्स ‘खारेज’ गर्ने नगरपालिकाको तयारी छ । ‘बिक्री नभई गोदाममा स्टक रहेको मदिरा नगरपालिकाले तोकेको मूल्य दिई नियन्त्रणमा लिनेछ,’ नगर प्रमुख शाहीले भने, ‘नगरलाई मदिरा निषेध गर्ने अभियानमा सबैको सकारात्मक सहयोग रहेको छ ।’ मदिराले समाजमा अशान्ति र हिंसा निम्त्याएकाले निषेधको तयारी गरिएको उनले बताए ।

प्रकाशित : कार्तिक २६, २०७५ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?