कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

कर्णालीमा डुबेर अस्ट्रेलियन नागरिकको मृत्यु 

तुलाराम पाण्डे

कालीकोट — कर्णाली नदीमा डुबेर एक जना अस्ट्रेलियन नागरिकको मृत्यु भएको छ । मुगुबाट सुर्खेत जान सिंगल डुंगा चढेर आएका ३१ वर्षीय एड्रिन केरनान् सवार डुंगा कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–३ आम्तडामा ढुंगामा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा नदीमा डुबेर मृत्यु भएको हो । 

कर्णालीमा डुबेर अस्ट्रेलियन नागरिकको मृत्यु 

नदीमा डुबेपछि उनका साथीहरु सहित स्थानीय र प्रहरीले नदीबाट निकालेर शव जिल्ला अस्पताल मान्म ल्याइएको कालीकोटका प्रहरी प्रमुख डीएसपी विनोद शर्माले बताए ।


पोष्टमार्टमपछि उनको शव काठमाडौं पठाइने छ । डीएसपी शर्माका अनुसार ५ जनाको टोली कर्णाली नदी हुँदै डुंगामा आएका थिए । अन्य सकुशल छन् ।


०६९ मा पनि कर्णाली नदी हुँदै डुंगामा आएका २ जना अमेरिकन नागरिकको कालिकोटस्थित लालीघाटमा डुबेर मृत्यु भएको थियो ।

प्रकाशित : कार्तिक २९, २०७५ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?