कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णालीे योजना आयोगमा रेग्मी

कलेन्द्र सेजुवाल

सुर्खेत — कर्णाली प्रदेशको योजना आयोग उपाध्यक्षमा डा. पुण्यप्रसाद रेग्मी नियुक्त भएका छन् । प्रदेश सरकारले दैलेख निवासी रेग्मीलाई मंगलबार नियुक्त गरेको हो । आयोगको सदस्यमा दैलेखकै योगेन्द्र शाही र हुम्लाका डा. दीपेन्द्र रोकाया भएका छन् ।

कर्णालीे योजना आयोगमा रेग्मी

सुर्खेत क्याम्पस शिक्षाका पूर्व स्ववियु सभापतिसमेत रहेका शाही पछिल्लो समय राष्ट्रिय युवा परिषदमा आवद्ध थिए । पत्रकारिता पृष्ठभूमि बोकेका रोकाया खोज तथा अनुसन्धानमा सक्रिय छन् ।

आयोगमा नियुक्त तीनैजना प्रदेश सरकारद्वारा गठित विज्ञ समूहका सदस्यसमेत हुन् । सदस्य रोकायाले कर्णाली प्रदेशको समृद्धिका लागि सामूहिक रुपमा सक्रिय भएर लाग्ने बताए ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश योजना आयोग, कर्णाली प्रदेश कानुन आयोग र अस्पताल व्यवस्थापन समिति गठनसम्बन्धी आदेश स्वीकृत गरेको थियो । आदेशमा ७ सदस्यीय कानुन आयोग, ६ सदस्यीय योजना आयोग र ७ सदस्यीय अस्पताल व्यवस्थापन समिति गठन गर्ने उल्लेख छ ।

मुख्यमन्त्री अध्यक्ष रहने योजना आयोगमा प्रदेश सरकारको प्रमुखसचिव पदेन सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव सदस्य–सचिव रहने व्यवस्था गरिएको छ । त्यस्तै, ७ सदस्यीय कानुन आयोगमा अध्यक्षसहित दुई सदस्य सरकारले नियुक्त गर्नेछ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको कानुन सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव, मुख्यन्यायधिवक्ता गरि तीनजना पदेन सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कानुन महाशाखा प्रमुख सदस्य–सचिव रहने व्यवस्था गरिएको छ ।


प्रदेश सरकारकी प्रवक्ता विमला केसीले सोमबारको बैठकले कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनका लागि कर्णाली पर्यटन वर्ष–२०७५ अन्तर्गत से–फोक्शुण्डोमा मंसिर ११ र १२ गते महोत्सव गर्ने निर्णय गरेको छ ।


प्रकाशित : मंसिर ४, २०७५ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?