१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चिकित्सक नहुँदा शल्यक्रिया सेवा ठप्प

बिप्लब महर्जन

सल्यान — चिकित्सक अभावका कारण जिल्ला अस्पताल सल्यानमा एक महिना देखि शल्यक्रिया सेवा ठप्प भएको छ । शल्यक्रिया सेवा नपाउँदा जिल्ला अस्पताल आएका बिरामीहरु बाहिर जान बाध्य भएका छन् ।

चिकित्सक नहुँदा शल्यक्रिया सेवा ठप्प

शल्यक्रिया सेवा बन्द हुँदा निशुल्क सेवा पाउँदै आएका बिरामी धेरै रकम खर्च गरेर टाढाका अस्पताल जान सास्ती छन् ।


अस्पतालमा सुरक्षित मातृत्वका लागि ‘निक साइमन’ नामक संस्थाले पठाएका डाक्टर प्रदिप शर्माले शल्यक्रिया सेवा दिदैं आएका थिए । गत कार्तिक १४ देखि उनको समयावधि सकिएको र नयाँ चिकित्सक नभएकाले सेवा प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।


जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. अर्जुन बुढामगरका अनुसार यस अवधिमा अस्पतालमा सेवा लिन आएका विभिन्न प्रकारका शल्यक्रिया गर्नु पर्ने अवस्थाका ३० जना बिरामीलाई दाङ रिफर गरिएको छ ।


अस्पतालमा सुत्केरी हुन आएका मध्ये ५ जना शल्यक्रिया गर्नु पर्ने अवस्थाका महिलालाई समेत दाङ रिफर गर्नु परेको जिल्ला स्वास्थ्य प्रमुख डा. बुढाले बताए । ‘अस्पतालबाट बिभिन्न रोगको शल्यक्रियाको सेवा लिदैं आएका थिए । डाक्टर नहुँदा सामान्य शल्यक्रियाका लागि पनि बाहिर जानु पर्दा सेवाग्राहीलाई सास्ती भएको छ,’ डा. बुढाले भने ।


सल्यान अस्पतालबाट सेवा दिन छिमेकी रोल्पा, रुकुम र जाजरकोटबाट समेत बिरामी आउने गरेका थिए ।

प्रकाशित : मंसिर ६, २०७५ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?