१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

लेक लागेर क्यानडियनको मृत्यु 

डोल्पा(दुनै) — हिउँ चितुवा अवलोकनका लागि उपल्लो डोल्पाको शे गुम्बा पुगेका एक क्यानडियन नागरिकको लेक लागेर मुत्यु भएको छ ।  

हिउँ चितुवा बढी हुने डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको शे गुम्बा घुम्न आएका ऱ्यान्डल फेरिज बेकरको समयमा उद्धार हुन नसक्दा बुधबार मृत्यु भएको हो ।


क्यानडियन नागरिक बेकर शेगुम्बामा ५ दिनदेखि बसेका थिए । लेक लागेर अस्वस्थ भए पछि उद्धारका लागि हेलिकप्टर मगाइएको थियो । समयमै हेलिकप्टरको अनुमति नपाउँदा उद्धारमा ढिलाई भएको हो ।


शे फोक्सुण्डो गाउँपालिकामा पर्ने शे गुम्बा ४ हजार ३ सय १० मिटर उचाइमा छ । अत्याधिक जाडो हुने र हरियाली कम भएका कारण अक्सिजनको कमीले उपल्लो डोल्पामा धेरैलाई लेक लाग्ने गरेको छ ।

प्रकाशित : मंसिर ६, २०७५ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?