३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

निर्मलाका लागि न्याय माग्दै जाजरकोटमा विप्लवको प्रदर्शन

भीमबहादुर सिंह

जाजरकोट — नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्मला पन्तको न्यायका लागि जाजरकोटमा प्रदर्शन गरेको छ । विप्लव समूहको अगुवाईमा आईतवार खलंगामा निर्मला पन्तको न्यायका लागि भन्दै प्रदर्शन गरेको हो ।

निर्मलाका लागि न्याय माग्दै जाजरकोटमा विप्लवको प्रदर्शन

प्रदर्शनमा विभिन्न विद्यालय सयौं विद्यार्थीले सहभागिता जनाएका थिए । खलंगाको तल्लो थाप्लेबाट सुरु भएको प्रदर्शन ठाटीबजार–गैरीखाली, जिल्ला प्रशासन हुँदै ठाटी बजारमा आएर कोणसभामा परिणत भएको थियो ।


कोण सभामा सो पार्टीका भेरी ब्यूरो सदस्य तथा डोल्पा जिल्ला ईन्चार्ज वीरबहादुर खड्काले कञ्चनपुरकी निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको ४ महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे ।


पन्तको हत्यारा पत्ता लगाउन नसक्ने अहिलेको सरकारले नयाँ युगको सुरुवात भनेर जताततै पोष्टर टाँस्न लाज मान्नुपर्ने बताए ।


जनतामा भ्रम सृजना गरेर अहिलेको सरकारले आफ्नो लुटको स्वर्ग बचाई राखेको उनले बताए । जनतामा भ्रम सृजना गरिरहेको सत्ता र सरकारका विकल्पमा नेपाल कम्युनिष्ट पार्टीले जनताको वैकल्पिक सत्ताका रुपमा देशव्यापी रुपमा जनसरकार गठन गरेको ईन्चार्ज खड्काले बताए ।


निर्मला पन्तको दोषीलाई अहिलेको सरकारले पत्ता नलगाए पनि आफ्नो पार्टीले पत्ता लगाई छाड्ने उनले दाबी गरे ।

प्रकाशित : मंसिर १६, २०७५ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?