२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

जग्गा खार्ने क्रममा बम भेटियो 

विप्लब महर्जन

सल्यान — शारदा नगरपालिका–३ बयलडाडामा मंगलबार दिउँसो प्रेसरकुकर बम भेटिएको छ । 

नगरपालिकाको डोजरले ओम शान्तिको भवन निर्माणका लागि जग्गा खार्ने क्रममा बम भेटिएको हो ।


बम नेपाली सेनाको टोलीले मंगलबार पौने ४ बजे डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।


बम कसले ल्याएर राखेको भन्ने यकिन हुन सकेको छैन ।

प्रकाशित : मंसिर १८, २०७५ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?