कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय तहले बुझाएनन् खर्च विवरण

डोल्पा — जिल्लाका अधिकांश स्थानीय तहले गत आर्थिक वर्षको खर्च विवरण पेस गर्न सकेका छैनन् । विवरण पेस नगरेका कारण दोस्रो त्रैमासिकको दोस्रो महिना बित्न लाग्दासमेत पहिलो त्रैमासिकको पुँजीगत बजेट निकासा भएको छैन । 

स्थानीय तहमा मनपरी खर्च हुन नदिन महालेखा नियन्त्रण कार्यालयले गत आर्थिक वर्षको खर्च विवरण नबुझाए निकासा नदिने जनाएको छ ।


डोल्पाका सात स्थानीय तहले अझै खर्च विवरण बुझाएका छैनन् । त्रिपुरासुन्दरी नगरपालिकाले मात्र विवरण बुझाएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पुँजीगततर्फको बजेट निकासा नभएकाले सबै स्थानीय तहमा खर्च शूल्य छ ।


सबै स्थानीय तहमा चालु खर्चको बजेटमात्र निकासा गएको निमित्त कार्यालय प्रमुख उदय जीसीले बताए । उनका अनुसार गत वर्ष अधिकांश स्थानीय तहमा ठूला काममा रकम खर्च भएको देखिएको छैन ।


कार्यालयका अनुसार चालु खर्चतर्फ ठूलीभेरी नगरपालिकामा पाँच करोड ७५ लाख, त्रिपुरासुन्दरीमा पाँच करोड ७९ लाख, काइकेमा दुई करोड ६४ लाख र छार्काताङसोङ गाउँपालिकामा दुई करोड १३ लाख रुपैयाँ निकासा भएको छ ।


त्यस्तै जगदुल्लामा दुई करोड ९९ लाख, डोल्पोबुद्धमा दुई करोड चार लाख, मुडेचुलामा तीन करोड ५५ लाख र र से फोक्सुन्डो गाउँपालिकामा दुई करोड ५३ लाख बजेट निकासा भएको छ ।

प्रकाशित : मंसिर २३, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?