३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

बाँफिकोट गाउँपालिका अध्यक्ष केसीमाथि कुटपिट

हरि गौतम

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीमाथी कुटपिट भएको छ । मंगलबार राति साढे ८ बजे अध्यक्ष केसीमाथी केही युवाहरुले कुटपिट गरेका हुन् । 

बाँफिकोट गाउँपालिका अध्यक्ष केसीमाथि कुटपिट

वडा नम्बर ४ स्थित घरमा सुतिरहेका अध्यक्ष केसीमाथि बिहेबाट फर्किरहेका युवाले ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ ।


कुटपिटपछि केसीको टाउकोमा ३ वटा टाँका लगाइएको छ भने गालामा पनि सामान्य चोट छ । बाँफिकोट स्वास्थ्य चौकीमा राति नै उपचार गराए अध्यक्ष केसी घर फर्किएका थिए ।


मदिरा सेवन गरेका युवाहरुले अध्यक्ष केसीको घरबाहिर राखिएका भाँडाकुँडा तोडफोड गर्न थालेपछि घर बाहिर आएर त्यसो नगर्न आग्रह गर्दा उनीमाथि कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

उनका अनुसार कुटपिटमा संलग्न ७ जनालाई नियन्त्रणमा लिइएको छ । राति १ बजे ५ र बिहान २ जनालाई नियन्त्रणमा लिइएको डिएसपी खड्काले बताए ।

इलाका प्रहरी कार्यालयको निन्त्रणमा रहेकाहरुलाई जिल्ला ल्याइँदै गरेको डिएसपी खड्काले जानकारी दिए । यस विषयमा जानकारी लिन खोज्दा अध्यक्ष केसीसँग सम्पर्क हुन सकेन ।

प्रकाशित : मंसिर २६, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?