कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेड पाण्डाको छालासहित दुई पक्राउ

भीमबहादुर सिंह

जाजरकोट — दुर्लभ वन्यजन्तु हाब्रे (रेड पाण्डा)को छालासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नलगाड नगरपालिका –५ कालिमाटीका २५ वर्षीय गणेश सुनार र सोही ठाउँका २५ वर्षीय युवराज विक रहेका छन् ।

रेड पाण्डाको छालासहित दुई पक्राउ

विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भेरी नगरपालिका–३ ठाँटीबजारमा छाला बोकेको अवस्थामा सुनार र विकलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रविन्द्रबहादुर सिंहले बताए ।


साइटिस महासन्धि १९७५ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले दुर्लभ वन्यजन्तुको चोरी सिकारी तथा वन्यजन्तुका आखेटोपहारको गैरकानूनी ओसारपसारलाई पूर्ण बन्देज लगाएको छ ।


उक्त ऐनको अनुसूची–१ अनुसार हाब्रे दुर्लभ वन्यजन्तुको सूचीमा सूचीकृत गरिएको छ । हाब्रेको छाला तथा दशी प्रमाण सहित पक्राउ परेका सुनार र विकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ विरुद्धको कसुर अनुसार कारबाही हुने डिभिजन वन अधिकृत मन्जुर अहमतले बताए ।


अधिकृत अहमतका अनुसार जिल्लाको बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र नलगाड नगरपालिकाको उच्च भेगमा रेडपाण्डाको बासस्थान रहेको छ ।

प्रकाशित : पुस २२, २०७५ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?