कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

९ रुपैयाँमै नुन

सरकारले ढुवानी अनुदानमा सस्तो मूल्यमा नुन उपलब्ध गराउन थालेपछि आयोडिनयुक्त नुनको प्रयोग बढै गएको छ । 

मुगु — यहाँका दुर्गम गाउँमा उपभोक्ताले प्रतिकिलो ९ रुपैयाँमै आयोडिनयुक्त नुन प्रयोग गर्न पाएका छन् । सरकारले ढुवानी अनुदानमा सस्तो मूल्यमा नुन उपलब्ध गराउन थालेपछि आयोडिनयुक्त नुनको प्रयोग बढ्दै गएको छ ।

९ रुपैयाँमै नुन

जिल्लामा तराईबाट आउने अधिकांश खाद्य तथा अन्य दैनिक उपभोग्य सामग्रीको मूल्य भने चर्को छ । जिल्लाका ग्रामीण क्षेत्रमा साल्ट ट्रेनिङ कर्पोरेसनले प्रतिकिलो ९ रुपैयाँमा नुन वितरण गर्दै आइरहेको जनाएको छ । अरू सामानको मूल्य अचाक्ली भए पनि नुन सहजै र सस्तोमा उपभोग गर्न पाइरहेको रुघा गाउँका बल थापाले बताए ।


सदरमुकाम गमगढीमा समेत यही मूल्यमा नुन बिक्री भइरहेको साल्ट ट्रेडिङ प्रमुख खगेन्द्र कार्कीले बताए । उनका अनुसार गाउँमा ढिके नुनको प्रयोग बढेपछि आयोडिनयुक्त नुन ढुवानी अनुदानमा बिक्री गर्न थालिएको हो ।


जिल्लामा बर्सेनि दुई हजार पाँच सय क्विन्टल आयोडिनयुक्त नुनको कोटा कायम गरिएको छ । चालु आर्थिक वर्षका लागि अहिलेसम्म करिब पाँच सय क्विन्टल नुन ढुवानी भइसकेको उनको भनाइ छ ।

प्रकाशित : पुस २७, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?