कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णाली प्रदेशले एक करोड तलका योजना नबनाउने

हरि गौतम

रुकुम पश्चिम — कर्णाली प्रदेशले एक करोडभन्दा तलका योजनाहरू नबनाउने भएको छ । प्रदेश सरकारकी प्रवक्ता समेत रहेकी भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले प्रदेश सरकारले अब करोड भन्दा तलका योजना नबन्ने बताएकी छन् ।

कर्णाली प्रदेशले एक करोड तलका योजना नबनाउने

प्रदेशमा सम्पन्न गरिने योजना अब टुक्रे नभै ठुलो बजेटका ठुलै योजना बनाउने गरी छलफल अघि बढिरहेको उनले बताइन् । प्रेस सेन्टर र प्रेस चौतारी रुकुम पश्चिमले सदरमुकाम खलङ्गामा शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री केसीले विकास निर्माणका कार्यलाई वर्गीकरण गरेर अघि बढ्ने बताइन् ।

उनका अनुसार एक करोड देखि ५० करोडसम्मको योजनालाई साना, ५० करोडदेखि एक अर्ब सम्मको योजनालाई मझौला र एक अर्बदेखि माथि बजेटका योजनालाई ठुला योजनामा वर्गीकरण गरिने जनाइन् ।

‘स-साना योजना र बजेटबाट खासै उपलब्धि देखिएन,’ मन्त्री केसीले भनिन्, ‘एक करोडसम्मको बजेट एउटा योजनामा राख्दा काम पनि देखिने विकास पनि हुने भएकाले यो अवधारणा अन्तर्गत काम गर्ने गरी छलफल चलिरहेको छ ।’


प्रदेश सरकार यति बेला विनियोजित बजेट कार्यान्वन कसरी प्रभावकारी बनाउने भन्नेतर्फ केन्द्रित भइरहेको उनले जानकारी दिइन् । प्रदेशलाई समृद्ध बनाउने विषयमा सरकार लागि परेको भन्दै उनले आगामी वर्षको बजेट निर्माणका छलफल पनि सँगसँगै भइरहेको जानकारी दिइन् ।


फरक प्रसङ्गमा प्रवक्ता केसीले धेरै कुराहरूमा सङ्घीय सरकारको सहयोग चाहिने अवस्था रहेको बताइन् । कतिपय कुराहरू प्रदेशको सृजनशीलतामा गर्न खोजिएपनि सम्भव नभएको बताइन् । प्रदेश सरकारको बजेट तथा कार्यक्रम कार्यान्वनको लागि जिल्लास्थित युनिट बनाइएको र त्यसकै माध्यमबाट काम हुने उनले जनाइन् ।

प्रकाशित : पुस २८, २०७५ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?