१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

निम्तो दिन जाँदा हत्या

सल्यान — सिद्धकुमाख गाउँपालिका २, फूलगाउँमा छोराको विवाहको निम्तो दिन गएका ४० वर्षीय यभान बोहराको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी शालिकराम चलाउनेले उनको हत्या गरेका हुन् ।

विवाहको निम्तो दिंदै जाने क्रममा बोहरा चलाउनेको घरमा पुगेका थिए । घरमै बसेर रोटी खाँदै गरेको अवस्थामा चलाउनेले टाउकोमा हतरो प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख (डीएसपी) वीरेन्द्रबहादुर शाहीले बताए ।


उनका अनुसार हतरो प्रहारबाट बोहराको घटनाथलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार बस्नेतको हत्या गरेर चलाउने फरार भएका थिए । कुमाखको जंगलमा लुकेको अवस्थामा उनलाई प्रहरीले चारैतिरबाट घेरा हाली आठ घण्टापछि नियन्त्रणमा लिएको उनले जानकारी दिए ।


हत्या गर्नुको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको डीएसपी शाहीले जानकारी दिए । घटनास्थलमै मृत्यु भएका बोहराको जिल्ला अस्पतालमा शनिबार पोस्टमार्टम गरिएको छ । बोहराका एक छोरा र एक छोरी छन् । माघ ९ गते उनको छोराको विवाह थियो ।

प्रकाशित : माघ ६, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?