कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

डोल्पा तीन दिनदेखि सञ्चार विहीन

रासस

डोल्पा — शुक्रवार दिउँसोदेखि मोबाइल र ल्याण्डलाइन सेवा अवरुद्ध भएपछि डोल्पा सञ्चार विहीन बनेको छ ।

जगदुल्ला गाउँपालिकामा पर्ने मौरे लेकमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा समस्या देखिएपछि जिल्लाभर सञ्चार सेवा अवरुद्ध भएको दूरसञ्चार कार्यालयले जनाएको छ ।


रिपिटर टावरमा समस्या देखिएपछि ठूलीभेरी नगरपालिकामा पर्ने जुफाल, दुन, त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने ल्हालगायतका स्थानमा राखिएका जीएसएम र सीडीएमए मोबाइल टावर समेत अवरुद्ध भएका हुन् ।


मौरेमा अवरुद्ध टावर मर्मतका लागि जुम्लाबाट आवश्यक उपकरणसहितको प्राविधिक टोली पठाइ सकिएकाले मंगलबारसम्ममा सेवा सञ्चालन हुने नेपाल टेलिकम नेपालगन्जका कार्यकारी प्रमुख शिवराज खनालले बताए ।


दुईवटै मोबाइल सेवासँगै ल्याण्डलाइन टेलिफानसमेत बन्द भएपछि दुनै लगायत विभिन्न स्थानीय तहमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयको कामकाजमा समस्या उत्पन्न भएको छ ।

प्रकाशित : माघ ६, २०७५ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?