कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुर्खेतबाट श्रम स्वीकृति दिन सुरु 

ज्योति कटुवाल

(वीरेन्द्रनगर, सुर्खेत) — कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट श्रम स्वीकृति दिन थालिएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई केन्द्रित गर्दै आइतबारदेखि स्वीकृति दिन थालिएको हो ।

सुर्खेतबाट श्रम स्वीकृति दिन सुरु 

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले पुन: श्रम स्वीकृतिको राहदानी दिएर सेवाको उद्घाटन गरे ।

श्रम स्वीकृतिको व्यवस्था भएसँगै संघीय राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य भएको कार्यालय प्रमुख श्यामकृष्ण आचार्यले बताए । उनका अनुसार अब विदेशमा गएर छुट्टीमा आउनेले पुन: श्रम स्वीकृति लिएर सोही देशमा जान पाउनेछन् । ‘वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने व्यवस्था एकै ठाउँबाट मात्र हुँदा सेवाग्राहीले निकै झन्झट व्यहोर्नु परिरहेको थियो,’ उनले भने, ‘सेवाग्राहीको भीड अत्यधिक भएको अवस्थामा प्रहरीले हस्तक्षेप गर्नुपर्ने अवस्थासमेत थियो, सुर्खेतबाट उक्त काम सुरु भएपछि सेवाग्राहीलाई खर्च र समयको बचत हुनेछ ।’


कर्णालीमा श्रम स्वीकृति सेवा सुरु भएसँगै सेवाग्राही तथा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको काम छिटो हुने र सास्ती कम हुने उनको भनाइ छ ।

प्रकाशित : माघ ६, २०७५ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?