२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

१० वर्षपछि पक्राउ

रुकुम पश्चिम — २० वर्ष कैद फैसला सजाय तोकिएको व्यक्ति १० वर्षपछि पक्राउ परेका छन् । बाँफिकोट गाउँपालिका ७, का ४७ वर्षीय डम्बरबहादुर खत्री आइतबार बिहान पक्राउ परेका हुन् । 

कर्तव्य ज्यान मुद्दामा २०६६ असोज २३ गते रुकुम जिल्ला अदालतले उनलाई २० वर्ष कैदको फैसला गरेको थियो । गाउँकै घ्यूकुमारी परियारसँग अवैध सम्बन्ध राखी परियारबाट जन्मेको नवजात शिशुको हत्या गरेको अभियोग खत्रीलाई लागेको थियो ।


२०६५ जेठ २३ गते खत्री र परियार मिलेर नवजात शिशुको हत्या गरेको पुष्टि गर्दै अदालतले दुवै जनालाई २० वर्ष कैद सजाय तोकेको थियो । परियार यसअघि नै पक्राउ परेर कैद भुक्तान गरिरहेकी छन् । १० वर्षदेखि खोजीको सूचीमा रहेका खत्रीलाई जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले आइतबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी निमित्त प्रमुख प्रहरी निरीक्षक प्रमोद क्षत्रीले बताए ।


पक्राउ परेका खत्रीलाई प्रहरीले अब अदालतमा पेस गर्नेछ । खत्रीलाई पुनरावेदन अदालतले पनि दोषि ठहर गरेको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध खत्रीले पुनरावेदन अदालत तुलसीपुरमा रिट दायर गरेका थिए । पुनरावेदन अदालतले पनि जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो ।


यसैबीच एक जनाको शव भेटिएको छ । आइतबार बिहान मुसिकोट नगरपालिका ४, चाँपामा एक जनाको शव भेटिएको हो । मध्यपहाडी लोकमार्गकै छेउमा मुसिकोट नगरपालिका ५, का अन्दाजी ३६ वर्षीय प्रकाश परियार मृत भेटिएका हुन् । शनिबार बेलुकी ६ बजेट घरबाट निस्किएका उनलाई बिहान पैदल यात्रुले भेटाएका थिए ।

प्रकाशित : माघ ७, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?