चट्याङ लागेर ६ जना घाइते 

हरि गौतम

रुकुम पश्चिम — बुधबार बिहान चट्याङ लागेर रुकुम पश्चिममा ६ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका–३, माछिमिका जीतबहादुर ओलीको घरमा बिहान ६ बजे परेको चट्याङ लागेर ४ बालबालिका र २ महिला घाइते भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर ६ जना घाइते 

चट्याङ लागेर जीतबहादुरकी २८ बर्षीया श्रीमती कमला खड्का ओली उनका ११ वर्षीय छोरा चिन्तन, ७ वर्षीय छोरा मनन, जितबहादुरकी भाइबुहारी २५ वर्षीया समिति ओली उनकी ९ वर्षीया छोरी दुर्गा र ७ वर्षीय छोरा दिपेश घाइते भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले बताए ।


उनका अनुसार घाइते सबैको अवस्था सामान्य छ । उनीहरु सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ । चट्याङको कारण जितबहादुरको ६ कोठे घरमा क्षति पुगेको छ ।




प्रकाशित : माघ ९, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?