कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

समिति अपूर्ण

वीरेन्द्रनगर — चार संसदीय समिति रहेको कर्णाली प्रदेशसभामा सबै समितिले पूर्णता पाउन सकेका छैनन् । पूर्णता नपाएकोमध्ये विधायन तथा प्रदेश मामिला समिति एक हो । समितिमा अहिलेसम्म ज्येष्ठ सदस्य पदम रोकायाले अध्यक्षता गर्दै आएका छन् ।

विधायन समितिले काम गर्न नसकेको सदस्य धर्मराज रेग्मी स्विकार्छन् । ‘समितिले गर्नुपर्ने जति काम गर्न सकेका छैनन्,’ उनले भने, ‘यसको एउटा कारण समिति पूर्ण नहुनु पनि हो ।’


मिनी संसद् भनेर चिनिने संसदीय समितिले गर्नुपर्ने विभिन्न काम प्रभावकारी बन्न सकेका छैनन् । कर्णाली प्रदेशसभामा गठन भएका संसदीय समिति चुपचाप जस्तै बनेका छन् । सार्वजनिक लेखा समितिले प्रदेश सरकारको लेखा सम्बन्धी विषयवस्तु उठाउनुपर्ने भए पनि अहिलेसम्म समितिले प्रदेशको लेखासम्बन्धी विषयमा आफ्नो धारणा वा निर्देशन दिन सकेको छैन ।


जब कि समितिले सात बैठक सम्पन्न गरिसकेको छ । प्रदेशमा उठेको रारा पर्यटन वर्षको खर्चबारे समितिले अहिलेसम्म आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेको छैन । यो विषय उपसमितिमा छलफलकै क्रममा रहेको समिति अध्यक्ष दीनबन्धु श्रेष्ठले बताए ।


रारा पर्यटन वर्षको खर्च विवरणसँगै आर्थिक वर्ष ०७५/७६ को चौमासिक खर्च विवरण प्रदेश सरकारसँग माग गरी उपसमितिमा छलफल भइरहेको अध्यक्ष श्रेष्ठले जनाए । उपसमितिले बुझाएको रिपोर्टका आधारमा समितिमा छलफल गर्ने उनी बताउँछन् । ‘सरकारको काम कर्तव्य कत्तिको पारदर्शी छ,

छलफल गर्छौं,’ उनले भने, ‘शंका लागे फिल्डमै पुग्नेछौं ।’


संसद्को सामाजिक विकास समिति पनि ज्येष्ठ सांसद राजु नेपालीको अध्यक्षतामा सञ्चालन भइरहेको छ । समितिमा अहिले संघसंस्था सम्बन्धिको विधेयक र सहकारी विधेयक छलफलमै छन् । अर्थ तथा प्राकृतिक स्रोत समितिको नेतृत्व पनि ज्येष्ठताका आधारमा सांसद अम्मरबहादुर थापाले गरेका छन् ।


समितिले प्रदेशमा रहेको जलस्रोत, पर्यटन, उद्योग र जडिबुटीलाई प्राथमिकतामा राखेर पहिचान गरी प्रतिवेदन सरकारलाई बुझाइसकेको अध्यक्ष थापाले जनाए ।

प्रकाशित : माघ १०, २०७५ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?