कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संस्कृति जोगाउन नलगाड महोत्सव

कान्तिपुर संवाददाता

जाजरकोट — स्थानीय कला संस्कृति जोगाउन नलाड नगरपालिकाले प्रथम साँस्कृतिक महोत्सवको आयोजना गरेको छ । बुधबारदेखि नलगाडको दल्लीमा सुुरु भएको महोत्सवले ऐतिहासिक, धार्मिक, पुरात्विक र सांस्कृतिक सम्पदाको प्रबद्र्धन गर्ने आयोजकले जनाएको छ । 

संस्कृति जोगाउन नलगाड महोत्सव

धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गरेर नलगाडबासीको आर्थिक स्तर उकास्ने उद्देश्यले महोत्सवको आयोजना गरेको नगर प्रमुख टेकबहादुर रावलले बताए । महोत्सवले नलगाडवासीको जीवन रुपान्तरणका अवसर पहिल्याउन, सामाजिक एकता कायम गर्न, विकासको कार्यदिशा तय गर्न सहयोग गर्ने उनको भनाइ छ ।


नगरपालिकासहित जिल्लाका अन्य क्षेत्रमा रहेका कला, संस्कृति, प्राकृतिक सम्पदा, सामाजिक विविधतालगायत झल्काउने लोक झाँकी, लोक नृत्य र लोक गीतको जगेर्नाका लागि आयोजना गरिएको महोत्सव तीन दिनसम्म चल्नेछ । महोत्सवको उद्घाटन गर्दे कर्णाली प्रदेश सभाकी उपसभामुख पुष्पा घर्तीले जाजरकोट प्रकृति, संस्कृति र सामाजिक विविधतामा निकै सम्पन्न भएको वताइन् ।

जाजरकोटमा धेरै प्ररकारका सम्पदा भएर पनि देखाउन नसकिएको महोत्सवमा सहभागी सरोकारवालाको भनाइ छ । दुर्लभ जनावर तथा चराको बासस्थान, विभिन्न खानीको भण्डार, लोकसंस्कृति, नेपाल एकीकरणको गौरवपुर्ण इतिहासलगायत प्रति सबैको चिन्ता, चासो र सरोकारको प्रमुख विषय बन्नुपर्ने उनीहरूको जोड थियो ।


महोत्सवमा लोकबाजा, सरंगे नाच, सिंगारु, ख्याली, पैसेरी, महिला सिंगारु, खाँडो नाच, सोरठी नाच, वनगारी भाकालगायत ६ दर्जन लोक झाँकी तथा लोक संस्कृति प्रदर्शन गरिने नगर प्रमुख रावलले बताए । महोत्सवमा जाजरकोट, रुकुम र डोल्पाका ५० हजार सर्वसाधारणहरूले अवलोकन गर्ने अनुमान गरिएको रावलले जनाए ।

प्रकाशित : फाल्गुन ३, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?