बलात्कार आरोपमा प्रहरी विरुद्ध मुद्दा

कान्तिपुर संवाददाता

मुगु — एक महिलालाई बलात्कार गरेको आरोप लागेका प्रहरी विरुद्ध जिल्ला प्रहरी कार्यालयले मुद्दा दायर गरेको छ ।

छायाँनाथ रारा नगरपालिकास्थित प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक सुर्यबहादुर शाही विरुद्ध कार्यालयले जबरजस्ती करणी मुद्दा दायर गरेको हो ।

शाहीलाई कार्कीबाडाकी एक महिलाले गत शुक्रबार साँझ बलात्कार गरेकाे दाबीसहित प्रहरीमा जाहेरी दिएकी थिइन् ।

सापटी लिएको २ हजार रकम दिन बोलाएर शाहीले चैनखोलामा बलात्कार गरेकाे ती महिलाकाे जाहेरीका अाधारमा जिल्ला प्रहरी कार्यालयले कारबाही प्रकृया अघि बढाएको हो ।

हुम्ला चंखेली गाउँपालिकास्थित दार्म गाउँ घर भएका प्रहरी नायब निरीक्षक शाही विगत लामो समयदेखि मुगु प्रहरीमा कार्यरत थिए ।

प्रकाशित : फाल्गुन ६, २०७५ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?