कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

संरक्षणका लागि प्रतियोगिता

पैसेरु नाच
हरि गौतम

रुकुम पश्चिम — मुसीकोट नगरपालिका १, बराहटाकुरामा भेटिएका ६८ वर्षीय पूर्णबहादुर बुढा मंगलबार दंग देखिन्थे । मुसीकोट नगरपालिका-७, साँखबाट आनो टोलीसहित बराहटाकुरा पुगेका बुढामा छुट्टै हर्षको भाव देखिन्थ्यो । उनी बराहटाकुरामा साथीभाइमाझ खुसीका साथ गफिरहेका थिए । बुढा मात्रै होइन, बराहटाकुरा पुगेका ७५ वर्षीय सर्जु खडा पनि खुसी देखिन्थे ।

संरक्षणका लागि प्रतियोगिता

मुसीकोट नगरपालिका-२, खडा छुट्टै खालको पोशाकमा सजिएका थिए । जोसिलो मुद्रामा साथीभाइसित बराहटाकुरामा भेटिएका खडाले खुसीसाथ आनो कला देखाए । उनी दुबै दुसी हुनुपर्ने कारण थियो(पैसेरु नाच प्रतियोगिता । लोप हुन लागेको पैसेरु नाच जगेर्ना गर्ने उद्देश्यसहित पहिलोपल्ट आयोजना गरिएको पैसेरु नाच प्रतियोगितामा सहभागी सबै खुसी देखिन्थे ।


‘हामी यो प्रतियोगिता जितौंला या हारौंला,’ बुढाले भने, ‘कम्तिमा हाम्रो पुरानो नाचको जगेर्ना हुने भयो, यसमा धेरै खुसी लागेको छ ।’ पहिले ग्रामीण क्षेत्रमा धेरै नाचिने पैसेरु पछिल्लो समय निकै कम भइसकेको छ । नाच नै ननाचिने भएपछि पछिल्लो पुस्ता यसप्रति आकर्षित नभएको बुढाको भनाइ छ । यस पटकको प्रतियोगिताले पछिल्लो पुस्तालाई पनि पैसेरु नाच्न प्रेरित गर्ने उनले जनाए । झण्डै २०/२५ वर्षअघिसम्म जताततै नाचिने यो नाच पछिल्लो समय विरलै मात्रै देख्न पाइने गरेको उनले बताए ।


पैसेरु प्रतियोगितामा ठूलो समूहसहित सहभागी भएका खडाको टिममा युवा पनि अटाएका छन् । ‘हामीले हाम्रो पालामा नाचिसक्यौं, अब युवाको पालो हो,’ खडाले भने, ‘त्यसैले मसँग तन्नेरी केटाहरू पनि छन्, यिनीहरूले पैसेरु सिकुन् भन्ने लागेको छ ।’ पैसेरु नाच मात्रै नभएर पैसेरु शब्द नै नसुनिने अवस्थामा आइसकेको बेला आयोजना गरिएको प्रतियोगिताले पैसेरु नाचको संरक्षणमा ठूलो टेवा पुग्ने भनाइ उनको छ । पैसेरु नाच ठाउँ अनुसार फरक/फरक हाताबाट नाचिन्छ । कतै १६ देखि २० र कतै २२ हाता नाचिन्छ । मादलको पछिपछि लाग्ने अगुवाको चाल अनुसार पछिकाले नाच्नुपर्ने विशेषता पैसेरु नाचको हो ।


प्रतियोगिताको आयोजना मुसीकोट नगरपालिका र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखाले गरेका हुन् । परम्परादेखि नाचिने पैसैरु नाच लोप हुन लागेको भन्दै त्यसको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतियोगितामा राम्रो गर्नेलाई पुरस्कार प्रदान गरेर पैसेरु नाच्न प्रेरणा दिने तथा नाचको संरक्षणका लागि भिडियो डकुमेन्टी्र निर्माण गर्ने योजना रहेको प्रतिष्ठानका सचिव तुल देवकोटाले बताए ।


उनका अनुसार प्रतियोगितामा १५ समूहले सहभागिता जनाएका छन् । प्रथम आउने समूहलाई ३०, दोस्रोलाई २५ र तेस्रो हुने समूहलाई २० हजार नगद पुरस्कार प्रदान गरिने सचिव देवकोटाले बताए । यसको साथै बाद्यवादन, पोशाक र दर्शक आकर्षण गर्ने समूहलाई पनि तीन/तीन हजार नगदले पुरस्कृत गरिनेछ । ‘मौलिक लोक कला संस्कृतिको संरक्षण र विकास गरौं, साँस्कृतिक रुपान्तरण हित पर्यटन प्रबद्र्धनमा अघि बढौं’ नारासहित आयोजित प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।


पुरानो संस्कृतिमार्फत पर्यटकीय गतिविधि बढाउनका लागि पैसेरु नाच प्रतियोगिता आयोजना गरिएको मुसीकोट नगरपालिका प्रमुख देवीलाल गौतमले बताए । ‘हाम्रा पूर्खादेखि चलिआएका चालचलन र रितिरिवाज हाम्रा संस्कृति हुन्,’ उनले भने, ‘यसको पुस्तान्तरण र पर्यटन प्रवद्र्धनको उद्देश्यसहित पैसेरु प्रतियोगिता आयोजना गरिएको हो ।’

प्रकाशित : फाल्गुन ८, २०७५ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?