कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

एचआईभी संक्रमणको जोखिम बढ्यो

तुलाराम पाण्डे

कालिकोट — जिल्लामा एचआईभी संक्रमणको जोखिम बढ्दै गएको छ । ग्रामीण क्षेत्रका अधिकांश पुरुष रोजगारीका लागि झारत जाने गरेकाले जिल्लामा बर्सेनि संक्रमितको संख्या बढदै गएको हो । तर समाजको डरले अधिकांश संत्रमित खुल्न डराउने गरेका छन् । 

एचआईभी संक्रमणको जोखिम बढ्यो

जिल्लामा अहिलेसम्म संक्रमित भएका ३६ जना फेला परेका छन् । तीमध्ये २० महिला र १५ पुरुष छन् । हालसम्म ६ जनाको मृत्यु भइसकेको छ । राष्ट्रिय एचआईभी एड्स महासंघको सहयोगमा कर्णाली प्लस कालिकोटद्वारा बिहीबार आयोजित जिल्लास्तरीय सरोकारवालासँगको समन्वय बैठकमा तथ्यांक सार्वजनिक भएको हो ।


कर्णाली प्लसका पूर्वअध्यक्ष कालीबहादुर शाहीले संक्रमितलार्ई हुने अपमान, भेदभाव र लान्छनाले संक्रमित खुलेर आउन सक्ने अवस्था नरहेको गुनासो पोखे । उनले जिल्लामा एचआईभी एड्सबाट संक्रमितको संख्या ५ सय बढीको संख्यामा रहेको दाबी गरे । ‘एचआईभी संक्रमित गाउँगाउँमा छन्,’ शाहीले भने, ‘समाजमा खुलेर आउने वातावरण छैन ।’ उनले गाउँमा स्थानीय तहको अगुवाइमा रगत परीक्षण शिविर सञ्चालनको माग गरे ।


जिल्ला अस्पतालका सिनियर अहेब हेमराज बमले पहिचान भएर जिल्ला अस्पतालमा ३५ जनाले एचआईभीविरुद्धको एआरभी सेवा लिइरहेको बताए । उनका अनुसार सबैभन्दा बढी नरहरिनाथ गाउँफालिकामा २० संक्रमित छन् । साविकको लालु गाविसमा ९ संत्रमित भेटिएका छन् । नानीकोट, सिप्खाना र कोटवाडामा एक/एक जना छन् ।


तीमध्ये १२ वर्षीया बालिका पनि छन् । धेरैजसो ज्याला मजदुरीका लागि भारत गएका पुरुष संक्रमित भएर घरमा पत्नीलाई सारेको पाइएको स्वास्थ्यकर्मीको भनाइ छ । जिल्ला बाहिरका ४ जनाले पनि जिल्ला अस्पतालबाट एआरभी सेवा लिइरहेका छन् । स्वास्थ्यकर्मीका अनुसार कालिकोटका केही संक्रमितले दैलेखको राकम, सुर्खेत, नेपालगन्ज र काठमाडौंबाट एचआईभीविरुद्धको एआरभी सेवा लिइरहेका छन् ।


जिल्लामा ३५ संक्रमित भएको पत्ता लागे पनि एकजना मात्र खुलेका छन् । कर्णाली प्लसका अध्यक्षसहित कार्यर्समिति पदाधिकारी पनि समाजको तिरस्कारको डरले खुल्न सकेका छैनन् । अरू संक्रमित समाजको डरले खुल्न नसकेको एचआईझी संक्रमितका लागि त्रियाशील कर्णाली प्लसका कार्यक्रम संयोजक दीपकबहादुर शाहीले बताए । उनले एचआईभी संक्रमितको संख्या बढ्न सक्ने अनुमान गरे । ‘धेरैजसो रगत परीक्षण गर्न डराउँछन्,’ शाहीले भने ।

प्रकाशित : फाल्गुन १०, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?