२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

अख्तियारमा दैलेखका मुद्दा धेरै

कान्तिपुर संवाददाता

दैलेख — कर्णाली प्रदेशमा अनियमितताका धेरै मुद्दा पर्ने दैलेख दोस्रो जिल्ला भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतले जनाएको छ । सुर्खेतपछि दैलेखबाट विभिन्न विषयमा बढी मुद्दा दर्ता भएको र मुद्दाबारे आवश्यक छानबिन गरिरहेको अख्तियारले जनाएको छ । 

आयोग सुर्खेतका प्रमुख ज्ञानराज सुवेदीका अनुसार स्थानीय तह गठनपछि दैलेखका मुद्दा धेरै आउन थालेका हुन् । मुद्दाहरूको विश्लेषण गर्दा जिल्लामा अनियमितताका घटना धेरै भएको, जनगुनासो धेरै भएको सहजै विश्लेषण गर्न सकिने नागरिक समाज दैलेखका संयोजक खड्क सिजापतिले बताए ।


अख्तियारका अनुसार यो वर्ष मात्रै दैलेखका १८ जनाविरुद्ध विभिन्न विषयमा विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले भ्रष्टाचार निवारण गर्ने अभियानमा नागरिक समाजको भूमिका अपरिहार्य हुने बताए । जवाफदेही, पारदर्शी र जनसहभागीमध्येको एउटा चरण नागरिक निगरानी केन्द्र भएकाले नागरिकको भूमिकालाई सशक्त बनाउँदै लैजाने अख्तियारले जनाएको छ ।


जसका लागि जिल्लामा पहिलोपटक नागरिक निगरानी केन्द्र गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको भेलाले अधिवक्ता दीर्घराज अधिकारीको संयोजकत्वमा १५ सदस्यीय निगरानी केन्द्र गठन गरेको हो ।


केन्द्रको तदर्थ समिति सदस्यमा प्रेमबहादुर थापा, विष्णु अधिकारी, हस्तराज अधिकारी, निर्मल अधिकारी, टेकबहादुर केसी, आनन्द केसी, कृष्णप्रसाद उपाध्याय, नवराज खनाल, भगवती शाही, विष्णु शर्मा, टीकाराम न्यौपाने, ललिता रेग्मी, कृष्णबहादुर भण्डारी र दुर्गा गिरी छन् ।

प्रकाशित : फाल्गुन ११, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?