कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

यात्रुबाहक बस दुर्घटनामा २३ घाइते 

विप्लव महर्जन

सल्यान — काठमाडौंबाट रुकुम जाँदै गरेको सिस्ने यातायात समितिको बा ४ ख ५३६३ नम्बरको रात्रि बस सल्यान शारदा नगरपालिकाको चैबाङ्गज्युला भन्ने ठाउँमा बुधबार बिहान दुर्घटना हुँदा २३ जना घाइते भएका छन । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यात्रुबाहक बस दुर्घटनामा २३ घाइते 

शारदा नगरपालिका १२ स्यानीखालका घाइते ५० वर्षीय राजकुमार बिकलाई जिल्ला अस्पताल सल्यानमा सामान्य उपचारपछि नेपालगन्ज लगिएको छ । अन्य घाइते २२ जनाको कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


दुर्घटनामा रुकुमकी रीतु परियार, काठमाडौं बस्दै आएका अग्र बिष्ट, रुकुमकोटकी जुनमाया परियार, बालिका आचल परियार, अमर परियारलगायत घाइते छन् ।


खाल्डाखुल्डी सडकका कारण गाडी अनियन्त्रित भइ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानको अनुमान छ । गाडीमा २९ जना रहेको प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए । चालक महेन्द्रबहादुर बुढाथोकीलाई नियन्त्रणमा लिएको र घाइते भएकाले उपचार गराउँदै आएको उनले जानकारी गराए ।


उनका अनुसार गाडी सडकदेखी १३ मिटर तल खेतमा खसेको छ ।

प्रकाशित : फाल्गुन २२, २०७५ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?