३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

छात्रा बलात्कार गरेको अभियोगमा शिक्षक पक्राउ

हरि गौतम

रुकुम पश्चिम — आफूले पढाउदै आएको एक छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । सानीभेरी गाउँपालिका–९ सिम्लीमा रहेको राप्ती ज्ञानोदय माध्यामिक विद्यालयको प्राविधिक धारमा कार्यरत २३ वर्षीय शिक्षक प्रकाश खड्का आफ्नै छात्रालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् । 

छात्रा बलात्कार गरेको अभियोगमा शिक्षक पक्राउ

गत मंगलबार गाउँमा भैंसी बिरामी भएको र त्यसको उपचार गर्न जाऔँ भन्दै शिक्षक खड्काले ती छात्रालाई मोटरसाइकलमा राखेर लगेका थिए । गाउँ पुग्नु अगावै बाटोमा पर्ने जंगलमा आफूलाई बलात्कार गरेको उजुरी छात्राले प्रहरी समक्ष गरेकी छन् ।

मंगलबार नै ती छात्राले प्रहरी चौकी सिम्लीमा उजुरी गरेकी थिइन् । उजुरी गरे लगत्तै नियन्त्रणमा लिइएका खड्कामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : फाल्गुन २३, २०७५ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?