कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु 

बिप्लब महर्जन

सल्यान — शारदा नगरपालिका-१ श्रीनगरबाट लान्ती जाँदै गरेको रा१त ११५१ नम्बरको ट्याक्टर सोमबार राति साढे ८ बजे शान्तीनगर नजिकै दुर्घटना हुँदा दुईजनाको मत्यु भएको छ । 

ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु 

दुर्घटनामा मृत्यु हुनेमा शारदा नगरपालिका-१३ चिसापानी बस्ने २३ वषर्ीय चालक कृष्ण डाँगी र उनका साथमा रहेका चैबाङ्गज्युला घर भएका १३ वर्षीय अमर बुढाथोकी छन् । ट्याक्टरले च्यापिएर दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक गिरीराज भण्डारीले बताए ।


रातिको समयमा तीव्र गति र खाल्डाखुल्डी परेको सडकका कारण अनियन्त्रित भएर ट्याक्टर दुर्घटनामा परेको हुनसक्ने उनले जानकारी गराए । ट्याक्टर सडकबाट १५ मिटर तल खेतमा खसेको छ ।


सडक चारैतिर खाल्डाखुल्डी भएकाले गाडी दुर्घटना बढ्दै गएको उनले जानकारी गराए । केही दिन अघि मात्रै रुकुम जाँदै गरेको बस पनि सडककै अवस्थाका कारण दुर्घटनामा परेको उनको भनाई छ ।

प्रकाशित : फाल्गुन २८, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?