कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सहयोग जुटाउन सोलार मिल

एलपी देवकोटा

जुम्ला — कर्णाली स्पोर्टस क्लवले आफ्ना खेलाडीको खर्च जुटाउन सोलार कुटानी पिसानी मिल सञ्चालनमा ल्याएको छ । जुम्ला बजारमा कुटानी पिसानीको समस्यालाई मध्यनजर गर्दे क्लवले मिल सञ्चालनमा ल्याएको हो ।

खलंगा बजारमा विद्युतको समस्या भएकाले चन्दननाथ ( ५, रानीपोखरी नजिकै कुटानी पिसानी मिल निर्माण गरी सोलारबाट सञ्चालन गरिएको छ ।


लोडसेडिङले कुटानी पिसानीमा समस्या भएकाले सोलारबाट २४ सै घण्टा सेवा दिन मिल स्थापना गरिएको कर्णाली स्पोर्टस क्लवका अध्यक्ष सरोज शाहीले वताए । ‘बजारको समस्या पनि समाधान हुने र खेलाडीको लागि खर्च पनि उठ्ने भएकाले मिल सञ्चालनमा ल्याएका हौ,’ उनले भने, ‘आर्थिक अभावका कारण हाम्रा खेलाडीले देश(विदेशमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा भाग लिन सकिरहेका थिएनन् । अव सजिलो हुने भयो ।’


मिल संचालनको लागि साढे ४ किलोवाटको सोलार जडान गरिएको छ । बजारमा रहेका अन्य मिल भन्दा सस्तोमा कुटानी पिसानी गरिने भन्दै नाफामुखी नभइ सेवा गर्नको लागि मिल स्थापना गरिएको क्लवले जनाएको छ । मिलबाट संकलन भएको रकम खेलाडीको पोष्टिक आहारा र खेल क्षेत्रको विकासमा खर्च गर्ने क्लवको योजना छ ।


मिल स्थापनाको लागि धावक एवं प्र्रशिक्षक हरिवहादुर रोकायाले ३५ लाख बरावरको झण्डै एक हजार वर्गमिटर जग्गा क्लवलाई निःशुल्क उपलव्ध गराएका छन् । जुम्ला सदरमुकाममा रहेका दुई वटा कुटानी पिसानी मिलबाट उपभोक्ताले समयमै सेवा पाउन नसकेकाले छिटो छरितो सेवा दिनको लागि क्लबको अगुवाइमा मिल संचालन गरिएको हो ।


धान कुट्ने र पिठो पिस्नको लागि यो भन्दा पहिले सदरमुकामबासी जुम्लाका विभिन्न गाउँपालिकामा पुग्ने गरेका थिए । मिल स्थापनाले चन्दननाथ नगरपालिकाबासीलाई ठूलो राहत हुने उपेक्षा गरिएको छ । उपभोक्तालाई छिटो छरितो सेवा दिने र मिलको आम्दानीबाट बचेको रकम खेल क्षेत्रका विकासमा खर्च गर्ने क्लवले योजना बनाएको छ ।


विजुली नआए पनि उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दे २४ सै घण्टा मिल सञ्चालन गर्ने उद्देश्य रहेको अध्यक्ष शाहीले जनाएका छन् । क्लबको ७ लाख रुपैयाँको लागत र ग्रीड इन्टरनेसल कम्पनीको १४ लाख अनुदान सहयोगमा कुटानी पिसानी मिल स्थापना गरिएको हो । हरिबहादुर फाउण्डेशन कोषबाट एक लाख ५० हजार र चन्दननाथ नगरपालिका वडा नम्वर ५ बाट एक लाख ५० हजार रकम सहयोग भएको छ । २२ लाख रुपैयाँको लागतमा मिल स्थापना गरिएको हो ।


नगरपालिकाभित्र देखिएको कुटानी पिसानीको समस्यालाई हल गर्नको लागि मिलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने चन्दननाथ नगरपालिका (५ का वडाध्यक्ष अर्जुनसिंह कठायतले बताए । ‘कुटानी पिसानीकै लागि अन्य गाउँपालिकासम्म जानुपर्ने बाध्यता हट्ने छ,’ उनले भने, ‘मिल क्लवका लागि राम्रो आम्दानीको स्रोत पनि हो ।’

प्रकाशित : चैत्र ७, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?