कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

‘विप्लव समूहको गतिविधि शुन्य’

भीमबहादुर सिंह

जाजरकोट — कर्णाली प्रदेशका सुरक्षा अधिकारीहरुले पछिल्लो समय विप्लव समूहको गतिविधि शुन्य भएको दाबी गरेका छन् । सुरक्षा अवस्था बुझ्न जिल्ला भ्रमणमा निस्केका अधिकारीहरुले बुधबार जाजरकोटका जनप्रतिनिधी, सुरक्षा निकायका प्रमुख लगायत सरोकारवालासँगको अन्तरक्रियामा यस्तो दाबी गरेका हुन् । 

‘विप्लव समूहको गतिविधि शुन्य’

कर्णाली प्रदेश प्रमुख डिआईजी महेशविक्रम शाह, सशस्त्र प्रहरी बलका डिआईजी राजुराज सुवाल र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक एवं प्रदेश प्रमख मधु कार्कीको टोली सुरक्षा अवस्था बुझ्न जिल्ला दौडाहमा निस्केको हो । टोलीले सल्यान, पश्चिम रुकुम र जाजरकोटको सुरक्षा अवस्थाबारे जानकारी लिएर बुधबार सुर्खेत फर्केको छ ।


सरकारले विप्लव समूहका गतिविधि माथि प्रतिबन्द लगाएपछि उक्त समूहका गतिविधि शुन्य भएको कर्णाली प्रदेश प्रमुख डिआईजी महेशविक्रम शाहले बताए । विगतमा रुकुम र जाजरकोट माओवादी जनयूद्धको उद्गमस्थल मानिए पनि जिल्लाको सुरक्षा अवस्था बुझ्दै जाँदा र स्थानीय सरकारका जनप्रतिनिधी लगायतसँग छलफल गर्दा पछिल्लो समय विप्लव समूहका गतिविधि खासै नेदेखिएको डिआईजी शाहले बताए ।


कर्णाली प्रदेशको उच्च सुरक्षा अधिकारीको टोलीले सुरक्षा मामिलालाई नीति तथा कार्यक्रममा राखेर बजेट विनियोजन गर्न स्थानीय तहका जनप्रतिनिधीसंग आग्रह समेत गरेको छ । शान्ति सुरक्षा कायम गर्न सबैको एकता तथा सहकार्य जरुरी भएको र स्थानीय तहको भूमिका अझ बढी प्रभावकारी हुने उनले बताए ।


टोलीले सरोकारवाला सबैलाई विप्लव समुहले लुकिछिपी गतिविधी संचालन गरेको थाह पाउन साथ तत्काल सुरक्षा फोजलाई जानकारी दिन आग्रह फनि गरेको छ ।


अन्तरक्रिया कार्यत्रममा प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जिल्लाको शान्ति सुरक्षा अवस्था सन्तोषजनक भएकोले कसैले आत्तिनुपर्ने अवस्था नरहेको बताए । सुरक्षा निकाय र सातै तहका सरकारबीच समन्वय तथा सम्पर्क भैराखेकोले असुरक्षाको समस्या नभएको प्रजिअ बस्नेतले बताए ।


प्रकाशित : चैत्र ७, २०७५ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?