चन्द समूहलाई सहयोग गरेको आरोपमा सञ्चारकर्मी पक्राउ  

तुलाराम पाण्डे

कालिकोट — प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई सघाएको आरोपमा कालिकोटमा कार्यरत सञ्चारकर्मी कर्ण विश्वकर्मालाई पक्राउ गरेको छ । प्रहरीले उनी कार्यरत रेडियो नयाँ कर्णालीको स्टुडियोमै प्रवेश गरी बिहीबार बिहान पक्राउ गरेको हो ।

रास्कोट नगरपालिका-९, फुकोट निवासी विश्वकर्मा ३ वर्षदेखि प्राविधिकको रुपमा कार्यरत थिए । उनी चन्द नेतृत्वको नेकपा निकट पत्रकार संगठनको कालिकोट जिल्ला अध्यक्ष रहेका प्रहरीले जनाएको छ ।


डीएसपी विनोद शर्माले पत्रकारिताको नाममा सरकारले प्रतिबन्ध लगाएको पार्टीलाई सूचना आदानप्रदान गरेकोले आवश्यक अनुसन्धानको लागि पक्राउ गरिएको बताए ।


प्रकाशित : चैत्र ७, २०७५ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?