कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

किसानलाई उन्नत बोका

सल्यान — शारदा नगरपालिकाले कृषकलाई व्यावसायिक बाख्रापालनमा आकर्षित गर्न उन्नत जातको बोका वितरण गरेको छ । परम्परागत बाख्रापालन गरिरहेका किसान, समूह र सहकारी उन्नत जातको बोका वितरण गरिएको हो । 

किसानलाई उन्नत बोका

नगरपालिकालाई पशु विकास र कृषि उत्पादनको पकेट क्षेत्र बनाउने गरी विभिन्न नीति तथा कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । नगरपालिकाका अनुसार पहिलो चरणमा ११ उन्नत बोयर जातको बोका वितरण गरेको छ । कार्यालयको नीतिगत मापदण्डभित्र परेकालाई नगरपालिकाले बोयर जातको बोका वितरण गरिएको हो ।


कृषकलाई व्यावसायिक बाख्रापालनमा उत्प्रेरित गर्न बोका वितरण गरिएको नगर कृषि विकास संयोजक तथा ६ नम्बर वडाध्यक्ष भिकराज बुढाथोकीले बताए । ‘स्थानीय भन्दा बोयर जातको बोका पाल्न सजिलो, कम समयमा बढी तौल हुने र आम्दानी दोब्बर बढीले बढ्ने भएकाले व्यावसायिक बाख्रापालनमा किसानलाई अग्रसर बनाउन खोजिएको हो,’ उनले भने, ‘बोयर बाख्राको व्यावसायिक पालनले किसानलाई आत्मनिर्भर बनाउन सहयोग गर्नेछ ।’ उनले बोयरको माग धेरै रहेकाले पनि कृषकले छोटो समयमै राम्रो आम्दानी गर्न सक्ने जनाए ।


शारदा नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक मधुसुदन उपाध्यायले नश्ल सुधारका लागि किसानलाई शतप्रतिशत अनुदानमा बोका वितरण गरिएको जनाए । स्थानीय स्तरमा मासु उत्पादनलाई दोब्बर व्यावसायिक बोयर पालनले सहयोग गर्ने उनको भनाइ छ ।


यसअघि साविक जिल्ला पशुसेवा कार्यालयले किसानलाई बर्सेनि बोयर बाख्रा वितरण गर्दै आइरहेको थियो । विगतमा दुई/चार बाख्रापालन गरेर आफ्नो जीविकोपार्जन गर्दै आइरहेका किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्न यस वर्ष विभिन्न कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : चैत्र १०, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?