कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

प्रदेश लोकसेवा आयोग बन्दै

सुर्खेत — कर्णाली प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगको फ्रक्रिया सुरु गरेको छ । शुत्रबारको मन्त्रिपरिषद् बैठकले आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ प्रदेशसभामा पेस गर्न स्विकृति प्रदान गरेको छ ।

प्रदेशसभाबाट विधेयक पास भएपछि लोकसेवा आयोग गठन हुने सरकारको भनाइ छ । आयोगको स्थापनासँगै प्रदेशका सरकारी निकायमा खड्कँदै आएको जनशक्ति अभाव हट्ने विश्वास गरिएको छ ।


बैठकले प्रादेशिक जडीबुटी तथा शीत भण्डार निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकताको आयोजनामा समावेश गर्न संघीय सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ ।


यसको लागि सुर्खेतको भेरीगंगा नगरपालिका–१० मदानेचौरमा रहेको जागृति सामुदायिक वन उपभोक्ता समूहको ६ हेक्टर वन क्षेत्र भोगाधिकार प्रदान गर्न स्किृतिका लागि संघीय सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको सरकारकी प्रवक्ता विमला केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : चैत्र ११, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?