कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

आश्रमलाई सेनाको सहयोग 

कृष्णप्रसाद गौतम

सुर्खेत — नेपाली सेनाको उत्तर-पश्चिम पृतना हेडक्वाटर, सुर्खेतले वीरेन्द्रनगरस्थित मानवसेवा आश्रममा आश्रय लिइरहेका असहाय व्यक्तिहरुलाई लत्ताकपडा, खाद्यान्न र फलफूल वितरण गरेको छ । 

आश्रमलाई सेनाको सहयोग 

विभिन्न सडक पेटीमा गुजारा चलाउँदै आएका २० असहाय व्यक्तिलाई आश्रममा राखिएको छ । उनीहरुलाई पृतनापति उपरथी सरोजप्रताप राणा, डा. कल्पना राणालगायतले कपडा र अन्य सामग्री वितरण गरेका हुन् ।


पृतनाको सहयोगमा लत्ताकपडा र कादीबक्स गण (इन्जिनियर) को सहयोगमा खाद्यान्न सामग्री वितरण गरिएको हो । भरपर्दो स्रोत नहुँदा आश्रम सञ्चालनमा समस्या भएपछि खाद्यान्न र लत्ताकपडा सहयोग गरिएको उपरथी राणाले बताए ।


'आश्रय लिएकाहरुलाई तत्कालका लागि खाद्यान्न र लत्ताकपडा सहयोग गरेका हौं,' उनले भने, 'हाम्रो सहयोगले केही समयका लागि आश्रम सञ्चालनमा सहयोग पुग्ने विश्वास छ ।' पृतनाका अनुसार आश्रति व्यक्तिहरुलाई एक/एक थान कपडा र एक सय किलो चामल, २० किलो दाल, विस्कुट, फलफूललगायत सामग्री वितरण गरिएको हो ।


यसअघि पृतनाको पहलमा सेनाले उक्त आश्रमको पुनर्निर्माण गरेको थियो । जीर्ण अवस्थाको भवनलाई प्रयोग गरी सञ्चालनमा ल्याइएको आश्रममा दुई महिनासम्म एक दर्जन बढी सिपाहीले श्रमदान गरेका थिए ।


सेनाको श्रमदानबाट आश्रम भवन रंगरोगन, फिल्ड निर्माण, झ्याल ढोका र ट्रस राख्नेलगायत काम गरिएको पृतनाले जनाएको छ । सेनाको सहयोगले आश्रम सञ्चालनमा ठूलो सहयोग पुगेको आश्रम कर्णाली प्रदेशकी संयोजक सिर्जना ओलीले बताइन् । उनका अनुसार मानसिक सन्तुलन गुमाएका, बेसहारा र सडक पेटीमा बस्दै आएका २० जना व्यक्तिलाई सुर्खेतका विभिन्न ठाउँबाट उद्दार गरि आश्रममा राखिएको छ ।

प्रकाशित : चैत्र १८, २०७५ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?