अफिम खेती नष्ट 

भीमबहादुर सिंह

जाजरकोट — प्रहरीले नलगाड नगरपालिका–१ को पातल, खौला, गवै लगायत ठाउँमा अफिम खेती नष्ट गरेको छ । ५ रोपनी पाखोबारीमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको हो । 

अफिम खेती नष्ट 

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दल्लीबाट गएको प्रहरी टोलीले उक्त लागू औषध अफिम खेती नष्ट गरेको प्रहरी निरीक्षक केशर कार्कीले बताए ।


३/४ वर्ष अघिदेखि नै प्रहरीले नलगाड नगरपालिकाको विभिन्न स्थानमा लगाइएको अफिम खेती नष्ट गर्दै आएको छ । दुर्गम गाउँमा अफिम खेती गर्ने गरेको र अफिम निकाल्ने समय पनि आउन लागेको भन्ने विशेष सुराकीका आधारमा उक्त खेती नष्ट गरेको निरीक्षक कार्कीले बताए ।


धेरै आम्दानी भएपछि यो खेती हुने गरेको प्रहरीको भनाइ छ । १ रोपनी जमिनमा लगाएको गहुँ खेतीबाट ५ हजार पनि नआउने तर अफिमबाट ८०/९० हजार आउने भएपछि किसानहरू त्यसतर्फ लागेको प्रहरी निरीक्षक कार्कीको भनाइ छ ।


धेरै आम्दानीको आशामा स्थानीयले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफिम खेती गर्ने गरेको पाइएको छ । १ रोपनी पाखोमा लगाएको खेतीबाट १ किलो अफिम उत्पादन हुने गरेको कार्कीले बताए । ‘लागू औषध कारोबारीले १ किलो अफिमको पाखो बारीमै ८०/९० हजार मूल्य दिने गरेको रहेछ,’ उनले भने । आगामी दिनमा अफिम खेती नगर्ने सर्तमा संग्लग्न कृषकलाई पहिलो पटक चेतावनी मात्र दिएको उनले बताए ।

प्रकाशित : चैत्र २१, २०७५ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?