जाजरकोटमा जिप दुर्घटना, एक बालकको मृत्यु, ६ घाइते 

भीमबहादुर सिंह

जाजरकोट — जाजरकोट-डोल्पा सडकको दारीमपाटा भीरमा  जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । जाजरकोटको तल्लुबगरबाट सदरमुकाम खलंगातर्फ आउँदै गरेको ग१ज ५८१२ को जिप नलगाड नगरपालिका ९ र १० को बीचमा पर्ने दारीमपाटा भीरबाट भेरी नदीमा खसेको हो ।

दुर्घटनामा आठवीसकोट नगरपालिका ११ का ४ वर्षीय बालक विवेक विकको मृत्यु भएको छ । चालक राजेन्द्र विक र नलगाड नगरपालिका ११ का २२ वर्षीय तेजबहादुर विकको अवस्था गम्भीर रहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।


दुर्घटनामा आठवीसको नगरपालिका ११ की २१ वर्षीया लक्ष्मी नेपाली, नलगाड ११ का १७ वर्षीय दुर्गेश बानियाँ, १७ वर्षीया खीमा बानियाँ, नलगाड १ का भरत परियार रहेको प्रजिअ बस्नेतले बताए । घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि जाजरकोट अस्पतालतर्फ ल्याउँदै गरेको उनले बताए ।


७ जना यात्रु सवार जिप कच्ची सडकमा तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।


प्रकाशित : चैत्र २६, २०७५ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?