१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

घोरल मारेको आरोपमा नौ पक्राउ 

बिप्लब महर्जन

सल्यान — घोरल मारेको आरोपमा शारदा नगरपालिका-१४ ढारका नौजनालाई प्रहरीको सहयोगमा डिभिजन वन कार्यालय सल्यानले पक्राउ गरेको छ । 

पक्राउमा परेका सबैलाई प्रहरी नियन्त्रणमा राखिएको छ । घोरल मारेर भागबन्डा लगाउँदै गर्दा गोप्य सूचनाको आधारमा पक्राउ गरेको डिभिजन वन कार्यालय सल्यानका निमित्त प्रमुख मेघनाथ काफ्लेले बताए ।


उनका अनुसार पक्राउ पर्नेमा शारदा नगरपालिका-१४ ढारका विजय भण्डारी, भक्तबहादुर भण्डारी, सन्तोष भण्डारी, कमल ओली, लोकराज भण्डारी, रामबहादुर भण्डारी, हेमराज भण्डारी, लोकबहादुर सार्की र डिल्लीबहादुर बुढाथोकी रहेका छन् ।


घोरल मारेको विषयमा अनुसन्धान र बयान लिने काम भइरहेको र अनुसन्धानका लागि वन अधिकृत हरिबहादुर थापालाई खटाइएको उनले जानकारी गराए ।

प्रकाशित : चैत्र २९, २०७५ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?