कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राप्रपा जुम्लाका १२ नेता प्रहरी नियन्त्रणमा

एलपी देवकोटा

जुम्ला — धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै आन्दोलनमा उत्रिएका राप्रपा जुम्लाका १२ जना नेतालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीले राप्रपा केन्द्रीय सदस्य धनबहादुर थापा, जिल्ला कार्य समिति जुम्लाका सचिव श्रीकृष्ण बुढा र जुम्लाका प्रवक्ता अंगद प्रसाद देवकोटा लगायतका नेता कार्यकर्तालाई नियन्त्रणमा लिइएको हो ।

सदरमुकाम खलंगाको बालमन्दिर नजिकै धर्मनिरपेक्षता लेखिएका ब्यानर, पम्पलेट जलाउँदै गरेको बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


प्रहरी र राप्रपा कार्यकर्ताबीच धकेलमकेल हुदा प्रवक्ता देवकोटा सामान्य घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय अगाडी कागजपत्र जलाउने कार्यक्रम भएपनि बाक्लो प्रहरी चालन हुँदा बालमन्दिर नजिकै जलाइएको थियो ।


जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी सिताराम रिजालले १२ जनालाई नियन्त्रणमा राखेको बताए । उनले केन्द्रबाट आउने आदेशको पखाईमा रहेको बताए । उनले भने, 'केन्द्रबाट जस्तो परिपत्र आउँछ । त्यस्तै तरिकाले अघि बढ्छौं ।' राप्रपा नेपाल जिल्ला कार्य समिति जुम्लाले स्वतन्त्रपूर्वक गरिएको शान्तिपूर्ण आन्दोलन माथि प्रहरीले हस्तक्षेप गरेको भन्दै गम्भीर ध्यानाकर्षण गरेको छ । प्रहरीले नियन्त्रणमा लिएका नेता कार्यकर्तालाई तत्काल रिहाईको माग गरेको हो ।

प्रकाशित : वैशाख ६, २०७६ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?