कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु 

बिप्लब महर्जन

सल्यान — सोमबार भएको छुट्टाछुट्टै घटनामा सल्यानमा दुई जनाको मृत्यु भएको छ । शारदा नगरपालिका-४ साहुलोलामा छानाबाट खसेर शारदा नगरपालिका ५ रानीकोट घर भएका वर्ष ४० का तप्तबहादुर नेपाली र शारदा नगरपालिका ११ हिवल्चास्थित स्वास्थ्यचौकी निर्माणको लागि रा १ ख १४१७ नम्बरको मिनी ट्रकबाट सिमेन्ट झार्दा मार्बलले च्यापिएर सिद्धकुमाख गाउँपालिका २ घर भएका वर्ष ३७ का रामबहादुर चलाउनेको मृत्यु भएको हो । 

रानीकोट घर भएका तप्तबहादुर नेपाली साहुटोलामा एक स्थानीयको घरको छाना उधार्दै गर्दा छानाबाट खसेका थिए । उनलाई उपचारको लागि जिल्ला अस्पताल लैजाँदा बाटैमा मृत्यु भएको र मार्बलले च्यापिएका रामबहादुर चलाउनेको स्वास्थ्यचौकी हिवल्चामा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार रा १ ख १४१७ नम्बरको मिनी ट्रकले स्वास्थ्यचौकी भवन निर्माणको लागि सिमेन्ट , मार्बल लगेको थियो । सिमेन्ट झारेपछि मार्बल झार्न गएका चलाउने काठको बारा फत्किदा मिनी ट्रक भित्रै मार्बलले च्यापिएका थिए । उनको टाउको बाहेक शरिरका सबै भाग च्यापिएको थियो । स्वास्थ्यचौकीमा ग्लुकोज पानी चराउदै गर्दा उनको मृत्यु भएको थियो ।


चलाउने स्वास्थ्यचौकी भवन निर्माणको पेटी ठेकेदार रहेका थिए । मार्बलले च्यापिएर मृत्यु भएका चलाउनेको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ वीरेन्द्रबहादुर शाहीले बताए ।

प्रकाशित : वैशाख ९, २०७६ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?