१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

युवती बलात्कार आरोपी पक्राउ 

प्रतीक्षा काफ्ले

स्याङ्जा — करणी गरी फरार एक व्यक्ति पक्राउ परेका छन् । २१ वर्षीया युवती बलात्कारको आरोपमा वालिङ नगरपालिका-८ का ४१ वर्षीय लेखनाथ शर्मालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

युवती बलात्कार आरोपी पक्राउ 

शर्माले स्थानीय युवतीलाई प्रलोभनमा पारी करणी गरेको भनी पीडित स्वयंले वडा प्रहरी कार्यालय वालिङमा किटानीसहितको जाहेरी दिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले बताए ।


फरार प्रतिवादी शर्मालाई खोजतलास गर्दा वालिङ-८ मा नै पक्राउ गरिएको डीएसपी भण्डारीले बताए । भण्डारीका अनुसार पीडितले २२ गते प्रहरीमा जाहेरी दिएकी थिइन् ।


शर्मालाई बुधबार नै जिल्ला अदालतमा हाजिर गराई जबरजस्ती करणी शीर्षक मुद्दामा ३ को म्याद थप गरिएको भण्डारीले बताए । शर्मालाई हिरासतमा राखी थप अनुसन्धान गरिएको प्रहरीले बतायो ।

प्रकाशित : वैशाख २६, २०७६ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?