चन्द समूहका जिल्ला इन्चार्ज पक्राउ 

हरि गौतम

रुकुम पश्चिम — नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पूर्वका जिल्ला इन्चार्ज पक्राउ परेका छन् । जिल्ला इन्चार्ज कर्णवहादुर नकाल 'शिशिर' रुकुम पश्चिमबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले गएराति २ बजे जिल्लाको सानीभेरी गाउँपालिका-३, गरायला मुलपानीबाट उनलाई पक्राउ गरेको हो । 

उनी सोही ठाउँ निवासी हुन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले नकाललाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । सरकारले नेकपालाई प्रतिबन्ध लगाएपछि प्रहरीले नेकपाका गतिविधिमा विशेष निगरानी राखेको डिएसपी खड्काले बताए ।

Citizen


प्रहरीले यसअघि विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल रुकुम पश्चिमका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरेको थियो । त्यस अघि पनि प्रहरीले नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष प्रेमप्रशान्त बोहरा र संगठनकै जिल्ला सचिव हरि पुनलाई पक्राउ गरेको थियो ।

प्रकाशित : वैशाख ३१, २०७६ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्

न्यूनतम तलब नदिने साउदी कम्पनीको मागपत्र प्रमाणीकरण नगर्न आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — साउदी अरबस्थित नेपाली सामाजिक संस्थाहरुले न्यूनतम तलब नदिने कम्पनीलाई मागपत्र प्रमाणीकरण नगराउनको लागि नेपाली दूतावाससमक्ष आग्रह गरेको छ ।

साउदीको गैरआवसीय नेपाली संघ, प्रवासी नेपाली एकता मञ्च र नेपाली जनसम्पर्क समितिले संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । उनीहरुले दूतवासले न्यूनतम तलब सम्बन्धी प्रभावकारी अनुगमन गर्नुपर्ने सुझाव दिएको छ ।

नेपालले साउदी जाने नेपाली अदक्ष कामदारको न्यूनतम तलब खानासहित १३ सय रियाल निर्धारण गरेको छ । न्यूनतम तलबलाई कार्यान्वयन गराउनको लागि सबै नागरिकको कर्तब्य र दायित्व भएकाले सबैलाई आआफ्नो क्षेत्रमा गम्भिर रुपमा मनन गर्नुपर्ने उनीहरुको ठम्याई छ ।

'कामदारलाई सही सूचना दिएर उक्त पारिश्रमिक भन्दा कम नहुने गरी मात्र साउदी अरबमा नेपालले तोकेको सेवा शुल्क भन्दा बढी नलिई कामदार पठाउन म्यानपावरलाई समेत अनुरोध गर्दछौं,' बिज्ञाप्तिमा उल्लेख छ ।

ती संस्थाहरुले ब्यक्ति विशेषको जिम्मेवारीमा माग प्रमाणीकरण नगर्न दूतावासलाई अनुरोध गरेको छ । 'माग प्रमाणीकरण गराउने ब्यक्तिको परिचय स्पष्ट गर्ने, यदि नेपालस्थित म्यानापावरको एजेन्ट प्रमाणीत परिचय भए नेपाल सरकारबाट पत्र हुनुपर्ने ब्यवस्था हुनुपर्छ,' बिज्ञप्तिमा भनिएको छ, 'परिचय नखुलेको अवस्थामा सम्बन्धित रोजगारदाता कम्पनीको सिफारिस पत्रमा निजको परिचय खुल्ने गरी इकामा सहितको पत्र समाबेश भएको हुनुपर्नेछ ।'

प्रकाशित : वैशाख ३१, २०७६ ११:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT