कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नगरका योजना अधुरै

राजबहादुर शाही

मुगु — छायानाथ–रारा नगरपालिकाले चालु आर्थिक वर्षमा ७० योजनाको सम्झौता गरे पनि कुनै पनि योजना सम्पन्न हुन सकेका छैनन् । नगरपालिकाले चालु आर्थिक वर्षमा एक सय ७६ योजनामा रकम विनियोजन गरेको छ । 

नगरमा केन्द्रीय समानीकरण तर्फका १२ र गत आर्थिक वर्षमै अधुरो रहेका १७ योजनाको कामसमेत पूरा हुन सकेको छैन । अहिलेसम्म ७० वटा योजनाको सम्झौता भई एक करोड १७ लाख रुपैयाँ पेस्की भुक्तानी भएको नगरपालिकाले जनाएको छ । बाँकी एक सय ३५ वटा योजना सम्झौताको क्रममा छन् । उपभोक्ता समिति ३० प्रतिशत रकम पेस्की लिएको योजना शाखाका केशर रावलले बताए ।


अहिले नगरपालिकामा योजना सम्झौता गर्न कर्मचारी र जनप्रतिनिधिलाई भ्याइनभ्याइ छ । नगरपालिकामा उपभोक्ता समितिका पदाधिकारीको भीड लाग्न थालेको छ । १४ वटै वडाका उपभोक्ता समितिका पदाधिकारीको विहान सबेरैदेखि साँझ अबेरसम्म नगरपालिकामा भीड लाग्ने

गरेको हो ।


दुई लाख रुपैयाँ विनियोजन भएको घट्टको योजना सम्झौता गर्न चार घण्टा हिडेर नगरपालिकामा आएको स्थानीय दलसिह नेपालीले बताए । गाउँमा उपभोक्ता समिति गठन प्रक्रिया नमिलेका कारण स्थानीयले नगरमै आएर मेलमिलाप गरी योजना सम्झौता गर्न थालेका छन् ।


नगरका प्राविधिक, लेखा शाखाका कर्मचारी र अन्य कर्मचारीलाई उपभोक्ताको भीडले भ्याइनभ्याइ हुन थालेको छ । गत साउनदेखि चैतसम्म फुर्सदिला बनेका कर्मचारी बेलुका ८ बजेसम्म कार्यालयमै बस्न थालेका छन् ।


दिनरात नभनेर योजना सम्झौता गर्ने काम भइरहेको निमित्त प्रशासकीय अधिकृत पशुपति शाहीले बताए । ‘उपभोक्ता समितिले कागज मिलाएर ल्याउदैनन्,’ उनले भने,‘सबै काम कर्मचारीले नै गर्नुपर्ने भएकाले फुर्सर्दै छैन ।’


केही समयसम्म नगरमा उत्पन्न भएको विवादका कारण योजना सम्झौतामा ढिलाइ भएको उनको भनाइ छ । एकातिर जनशक्ति अभाव र अर्कोतिर तोकिएको बजेट खर्च गर्न नसके फिर्ता जाने भएकोले कर्मचारीको व्यस्तता बढेको उनले जानकारी दिए ।


नगरबाट योजनाको पेस्की लिएपछि मात्र उपभोक्ता समितिले काम सञ्चालन गर्ने गरेका छन् । नगरले यस वर्ष ३० करोड ९५ लाख रकम विनियोजन गरेको छ । कर्मचारी अभाव र केही समय जनप्रतिनिधिबीच देखिएको विवादका कारण योजना सञ्चालनमा ढिलाइ भएको नगर प्रमुख हरिजंग शाहीले बताए । उनका अनुसार आगामी आर्थिक वर्षको लागि पनि योजना छनोट प्रक्रिया अघि बढाइएको छ ।

प्रकाशित : जेष्ठ ३, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?