कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सुर्खेत कारागारमा नाराबाजी

कलेन्द्र सेजुवाल

सुर्खेत — कैदी सरुवाको विषयलाई लिएर सुर्खेत जिल्ला कारागारमा विवाद भएको छ । कारागार प्रशासनले शुक्रबार १५ कैदीको सरुवा सिफारिस गरेको थियो । उक्त निर्णयविरुद्ध शनिबार साँझ करिब ५ बजेदेखि कारागारभित्र नाराबाजी भइरहेको छ ।

राजनीतिक आस्था र आर्थिक चलखेललाई लिएर बिनाकारण सरुवा गरिएको सरुवामा परेका कैदी पक्षधरको भनाइ छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले कारागारभित्र भएको समस्या समाधानको लागि प्रहरी टोली पठाइएको बताए । जिल्ला प्रहरी प्रमुख एसपी बसन्त रजौरेले कारागारभित्र नाराबाजीका साथै सामान्य झडप भएको र केही कैदीबन्दी घाइते भएका हुनसक्ने बताए । 'हामी पनि भित्र जान पाएका छैनौं,' उनले भने, 'बाहिरै बसेर समस्या समाधानको लागि पहल गरिरहेका छौं ।'




प्रकाशित : जेष्ठ ४, २०७६ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?