कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

डुंगामा चढेर माछा

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका-३ र ५ स्थित स्यार्पूतालमा हरेक बिहान डुंगा खियाइन्छ । उद्देश्य चाहीं स्यार्पूताल भ्रमण गर्न आउनेलाई घुमाउन भने होइन । 

डुंगामा चढेर माछा

स्यार्पूतालमा माछा मार्नका लागि स्थानीयले हरेक बिहान डुंगा खियाउने गरेका हुन् । ०६९ मा पहिलो पटक स्यार्पूतालमा उन्नत जातका माछाका भुरा छाडिएको थियो । ०७० देखि स्यार्पूतालमा पालिएका माछाबाट स्यार्पूताल कृषि सहकारी संस्थाले आम्दानी गर्दै आइरहेको छ । ०७० मा दुई लाख ५० हजार आम्दानी गरेको संस्थाले ०७४ मा माछाबाट ९ लाख ३६ हजार रुपैयाँ आम्दानी गरेको थियो ।


सहकारीका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म पाँच लाख ५० हजार रुपैयाँका माछा विक्री भइसकेका छन् । यो वर्ष माछा विक्रीको जिम्मा ठेक्कामा दिइएको छ । एक जना स्थानीयले आठ लाख ३३ हजार रुपैयाँको माछा मार्ने र विक्री गर्ने जिम्मेवारी पाएका छन् । तातो मौसम लागेसँगै स्यार्पूतालका माछा बढी जालमा पर्छन् ।


तालमा मुख्यगरी चार जातका माछापालन गरिएको छ । सिल्भर कार्प, विगहेड, कमन कार्प र ग्रास प्रजातिका माछा तालमा पालिएका छन् । सिल्भर कार्प र विगहेड प्रतिकिलो दुई सय ७० मा विक्री हुन्छ भने कमन कार्प र ग्रास प्रतिकिलो तीन सय रुपैयाँमा विक्री भइरहेको छ ।


माछा खरिदका लागि कतिपय ग्राहक तालकै छेउमा पुग्छन् भने कति माछा ग्राहक खोज्दै सहकारीले माछा बजार पठाउँछ । सहकारीका अध्यक्ष प्रकाश केसीले प्राकृतिक तालको अवलोकनका साथै लगानी नगरेरै स्थानीयबासीलाई आम्दानी हुने भएपछि तालमा माछापालन थालिएको जनाए ।

प्रकाशित : जेष्ठ ६, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?